चितवन । नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत तुइन खोलामा खसेको पहिरो हटाइएपछि यातायात आवागमन सुचारु भएको छ ।
गत शुक्रबार खसेको पहिरोका कारण सडक पूर्णरूपमा अवरुद्ध भएको थियो । दुवै दिशाबाट मेसिन प्रयोग गरी आइतबार बिहान ४ बजेदेखि पहिरो पन्छाउने कार्य सुरु गरिएको थियो ।
इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार अपरान्ह सवा ४ बजेदेखि सडक एकतर्फी रूपमा सञ्चालनमा आएको छ ।