Logo

सागर डिष्टिलरीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

सागर डिष्टिलरीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन



काठमाडौं । सागर डिष्टिलरीले भदौ ३० गते बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज असोज ५ गते अन्तिम दिन रहेको छ।

कम्पनीले यस आईपीओमा सर्वसाधारणका लागि असोज २ गतेसम्म आवेदन दिन पाउने व्यवस्था गरेको थियो। तर आईपीओमा आज असोज ५ गतेसम्म आवेदन दिने म्याद थप गरिएको हो।

कम्पनीले जारी पुँजी ७२ करोड ६० लाख रुपैयाँको २० प्रतिशतले हुन आउने १४ करोड ५२ लाख रुपैयाँ बराबरको १४ लाख ५२ हजार कित्ता आईपीओ निष्कासन गर्ने अनुमति पाएको छ। सोमध्ये १० प्रतिशतले हुन आउने १ लाख ४५ हजार २०० कित्ता सेयर विदेशमा रोजगारी गरिरहेका नेपालीका लागि निष्कासन गरी बाँडफाँड गरिसकेको छ।

कम्पनीले ५ प्रतिशत अर्थात ७२ हजार ६०० कित्ता सेयर सामूहिक लगानी कोषहरुमा बाँडफाँड गरिसकेको छ भने ४३ हजार ५६० कित्ता सेयर कम्पनीमा कार्यरत कर्मचारीका लागि सुरक्षित गरेको छ। कम्पनीले सर्वसाधारणका लगानीकर्ताका लागि ११ करोड ९० लाख ६४ हजार रुपैयाँबराबरको १०० रुपैयाँ अंकित दरका कुल ११ लाख ९० हजार ६४० कित्ता सेयर निष्कासन गरेको छ।

यो आईपीओमा लगानीकर्ताले धितोपत्र बोर्डका अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखा कार्यालयहरु तथा सीडीएससीको मेरो सेयरबाट आवेदन दिन सक्नेछन्। कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ।

प्रतिक्रिया दिनुहोस्