Logo

ओम मेगाश्री फर्मास्यूटिकल्सले शेयर निष्काशन गर्ने, विक्रि प्रबन्धकमा प्रभु क्यापिटल नियुक्त

ओम मेगाश्री फर्मास्यूटिकल्सले शेयर निष्काशन गर्ने, विक्रि प्रबन्धकमा प्रभु क्यापिटल नियुक्त



काठमाडौं । प्रभु क्यापिटल लिमिटेड र ओम मेगाश्री फर्मास्यूटिकल्स लिमिटेडबीच बुधबार शेयर निष्काशन सम्बन्धी सम्झौता भएको छ ।

फर्मास्यूटिकल्सको कार्यालय बानेश्वरमा सर्वसाधारणमा शेयर निष्काशन गर्नको लागि एक कार्यक्रम आयोजना गरी सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

प्रभु विक्री प्रबन्ध बनेको सम्झौतामा ओम मेगाश्री फर्मास्यूटिकल्सको तर्फबाट कम्पनीका अध्यक्ष अर्जुन कुमार श्रेष्ठ तथा प्रभु क्यापिटलका तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीले हस्ताक्षर गरे ।

प्रतिक्रिया दिनुहोस्
MBL