Logo

यी हुन् सेयर बजारबाट सबैभन्दा बढी कमाउने पाँच लगानीकर्ता

यी हुन् सेयर बजारबाट सबैभन्दा बढी कमाउने पाँच लगानीकर्ता



काठमाडौं । सबैजना सकेसम्म छिटो पैसा कमाउन चाहन्छन् । यही कारण पछिल्लो समय सेयर बजारमा साना लगानीकर्ताको संख्या पनि बढेको छ । धेरैले सेयर बजारमा पैसा लगानी गर्छन् तर बजारको चाल नबुझेको कारणले घाटा बेहोर्नुपरेको छ । तर, शेयर बजारका कारण मनग्य आम्दानी गर्ने मानिसहरु पनि धेरै छन् र आज उनीहरु विश्वको शीर्ष धनीमा गनिन्छन् । यहाँ हामी तपाईंलाई शेयर बजारबाट अर्बौं आम्दानी गर्ने भारतीय शीर्ष लगानीकर्ताहरूको बारेमा जानकारी दिएका छौं ।

राकेश झुनझुनवाला

बिग बुल भनेर चिनिने राकेश झुनझुनवालालाई भारतको वारेन बफेट पनि भनिन्छ । यसको कारण शेयर बजारमा उनले हासिल गरेको चमत्कारी सफलता हो । उनले छोएको हरेक स्टकमा सुन निस्कन थाल्छ भनिन्छ । ठूलो संख्यामा लगानीकर्ता उनलाई पछ्याउँछन् । लगानीकर्ताहरूले उनको हरेक गतिविधिमा नजर राख्छन् । झुनझुनवालासँग सेयर बजारमा लगानी गर्ने ४० वर्षभन्दा बढीको अनुभव छ । उनी १८ वर्षको उमेरमा सेयर बजारमा प्रवेश गरेका थिए । झुनझुनवालाले मात्र ५ हजार रुपैयाँबाट आफ्नो करियर सुरु गरे र पछाडि फर्केर हेरेनन् । झुनझुनवाला र उनकी पत्नी रेखा झुनझुनवालाको पोर्टफोलियोमा ३५ वटा स्टक छन् र तिनीहरूको कुल सम्पत्ति २९,६४४ करोड रुपैयाँ छ ।

राधाकिशन दमानी

राकेश झुनझुनवाला रिटेल चेन डी–मार्ट सञ्चालन गर्ने एभिन्यू सुपरमार्टका मालिक राधाकिशन दमानीलाई आफ्नो गुरु मान्छन् । दमानी देशका शीर्ष लगानीकर्तामा गनिन्छन् तर उनी सधैं लाइमलाइटबाट टाढा रहन्छन् । उनको ज्ञद्ध कम्पनीहरूमा होल्डिंग छ र उनको कुल सम्पत्ति ज्ञटछडढछ करोड रुपैयाँ छ । ब्लुमबर्ग बिलियनेर्स इन्डेक्सका अनुसार राधाकिशन दमानीको सम्पत्ति विश्वका धनीहरुको सूचीमा ७७ औँ र १९.३ अर्ब डलरको सम्पत्तिका साथ भारतीय धनीहरुको सूचीमा छैठौं स्थानमा छ । दमानीले सन् १९८० को दशकमा ५ हजार रुपैयाँ लिएर सेयर बजारमा डेब्यु गरेका थिए । दमानी सधैं सेतो लुगा लगाउँछन् र यही कारण बजारमा उनी ‘मिस्टर ह्वाइट एन्ड व्हाइट’ भनेर चिनिन्छन् । दमानीको इन्डिया सिमेन्ट, भिएसटी इन्डस्ट्रिज, ब्लुडार्ट, सिनेप्लेक्स कम्पनी र केही सुर्तीजन्य कम्पनीमा लगानी छ ।

मुकुल अग्रवाल

मुकुल अग्रवाललाई भारतीय शेयर बजारको नयाँ स्टार भनिन्छ । उनी सन् १९९० को दशकको अन्त्यतिर सेयर बजारमा प्रवेश गरेका थिए र आज उनको पोर्टफोलियोमा ५१ स्टक छन् । यी शेयरहरूमा उनको लगानीको मूल्य २४३८ करोड रुपैयाँ छ । मुकुल अग्रवालले मार्च क्वाटरमा धेरै किनमेल गरे । मार्च २०२२ मा समाप्त भएको त्रैमासिकमा, मुकुल अग्रवालले आफ्नो पोर्टफोलियोमा पाँच नयाँ सेयर थपे र पाँच स्टकहरूमा आफ्नो हिस्सेदारी पनि बढाए । ट्रेन्डलाइनका अनुसार उनको अलकार्गो लजिस्टिक लिमिटेड, करुर भाष्य बैंक, अनमोबाइल ग्लोबल एचडी, रेमण्ड लिमिटेट जस्ता कम्पनीहरूमा सेयर छ ।

आशिष धवन

आशिष धवन देशका शीर्ष लगानीकर्ताहरूमा गनिन्छन् । उनको १४ कम्पनीहरूमा १९०८ करोड रुपैयाँको होल्डिंग छ । ट्रेन्डलाइनका अनुसार उनको महिन्द्रा एण्ड महिन्द्रा फाइनान्सियल सर्भिसेज लिमिटेड, एजीआई ग्रीनप्याक लिमिटेड, क्वेस कर्प लिमिटेड, इक्विटास होल्डिंग्स लिमिटेड, डिश टिभी इन्डिया लिमिटेड र ग्लेनमार्क जस्ता कम्पनीहरूमा सेयर छ । कम्प्युटर, सफ्टवेयर, मिडिया र साना कम्पनीहरूको पोर्टफोलियोमा सबैभन्दा बढी १४ प्रतिशत हिस्सा छ ।

डली खन्ना

भारतीय शेयर बजारमा पुरुषको वर्चस्व छ, तर चेन्नईकी दिग्गज लगानीकर्ता डली खन्नाले यो प्रभुत्व तोडिन् । ग्ल्यामरबाट टाढा रहेकी डली खन्नाले श्रीमान् राजीव खन्नासँगै सेयरबाट करोडौं कमाएकी छिन् । डली खन्नाको पोर्टफोलियो उनका श्रीमानले नै सम्हाल्छन् । उहाँसँग २५ कम्पनीहरूमा होल्डिंग छ र उनको कुल सम्पत्ति ५६५ करोड रुपैयाँ छ । उनको सबैभन्दा बढी १६ प्रतिशत हिस्सा मल कम्पनीमा छ । उनको पोर्टफोलियोमा रहेका प्रमुख कम्पनीहरूमा मुथुट क्यापिटल, टाटा मेटालिक्स रेन इन्डस्ट्रिज, बटरफ्लाई गान्धीमठी अप्लायन्सेस, आरएसडब्ल्यूएम, श्रीकालहस्ती पाइप्स, पोलीप्लेक्स कर्पोरेशन, तिरुमाला केमिकल्स, राडिको खेतान र जेके पेपर पर्छन् । अनुवाद गरिएको

प्रतिक्रिया दिनुहोस्
MBL