Logo

एनआईसी एशिया बैंक डिबेञ्चर नेप्सेमा सूचीकृत, आजबाट दोश्रो बजारमा कारोबार हुने

एनआईसी एशिया बैंक डिबेञ्चर नेप्सेमा सूचीकृत, आजबाट दोश्रो बजारमा कारोबार हुने



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एनआईसी एशिया बैंक डिबेञ्चर–२०९१ सूचीकृत भएको छ ।

बैंकको १० वर्ष अवधि तथा ७ प्रतिशत ब्याजदर भएको अंकित तथा चुक्ता मूल्य १ हजार दरका कुल ५०,००,००० कित्ता ऋणपत्र सूचीकरण भएको हो ।

धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम साउन २१ गतेको निर्णयअनुसार सूचीकरण गरिएको जनाइएको छ । उक्त ऋणपत्र साउन २९ गतेबाट दोस्रो बजारमा कारोबार सुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्