Logo

वार्षिक ७ प्रतिशत ब्याज दिने नबिल बैंकको ‘नबिल डिबेन्चर २०८९’को बिक्री खुला

वार्षिक ७ प्रतिशत ब्याज दिने नबिल बैंकको ‘नबिल डिबेन्चर २०८९’को बिक्री खुला



काठमाडौं । नबिल बैंक लिमिटेडको ऋणपत्र आज साउन ६ गतेदेखि निष्काशन तथा बिक्री खुला भएको छ । ८ वर्ष अवधिको उक्त ‘नबिल डिबेन्चर २०८९’को वार्षिक ७ प्रतिशत ब्याजदर रहने छ ।

बैंकले ३ अर्ब रुपैयाँ बराबरको प्रति ऋणपत्र १००० रुपैयाँ अंकित मूल्यको ३० लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो। जसको ६० प्रतिशत अर्थात् १ अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट र ४० प्रतिशत अर्थात १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता सर्वसाधारणमा बाँडफाँट गरिने कम्पनीले जनाएको छ।

सर्वसाधारण मध्येको ५ प्रतिशतले हुन आउने ६० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ। सो ऋणपत्रमा न्यूनतम २५ र अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन्। निष्काशन बन्द छिटोमा साउन ९ गते हुनेछ भने ढिलोमा साउन २० गते हुनेछ। बैंकले नेपाल धितोपत्र बोर्डबाट असार १२ गते ऋणपत्र निष्काशनको अनुमति पाएको थियो ।

प्रतिक्रिया दिनुहोस्