Logo

अप्पर सोलु हाइड्रोलाई आईपीओ निष्कासन गर्न बोर्डको अनुमति, सर्वसाधारणका लागि ३३ लाख कित्ता आईपीओ निष्कासन गर्ने

अप्पर सोलु हाइड्रोलाई आईपीओ निष्कासन गर्न बोर्डको अनुमति, सर्वसाधारणका लागि ३३ लाख कित्ता आईपीओ निष्कासन गर्ने



काठमाडौं । अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीले आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ। बोर्डले वैशाख ७ गते उक्त कम्पनीलाई ३३ करोड ७ लाख ५० हजार रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्न अनुमति दिएको हो।

laxmi

बोर्डबाट अनुमतिसँगै उक्त कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणका लागि १०० रुपैयाँ अंकित दरको कुल ३३ लाख ७ हजार ५०० कित्ता आईपीओ निष्कासन गर्नेछ।

कम्पनीको आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले सोलुखुम्बु जिल्लाको सोलु दूधकुण्ड नगरपालिका भएर बग्ने सोलु खोलामा २३ दशमलव ५ मेगावाट क्षमताको सोलु जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL