Logo

जलविद्युत कम्पनीको आईपीओ निष्कासनमा कडाई गर्दै सेबोन, ५० प्रतिशतको क्याप बढाएर ६५ पुर्याईदै

जलविद्युत कम्पनीको आईपीओ निष्कासनमा कडाई गर्दै सेबोन, ५० प्रतिशतको क्याप बढाएर ६५ पुर्याईदै



काठमाडौं । नेपाल धितोपत्र बोर्डले जलविद्युत कम्पनीसम्बन्धी नियमावली संशोधन गर्ने भएको छ । बोर्डले नियमावली संशोधन गर्दै जलविद्युत कम्पनीलाई आईपीओ निष्कासन प्रक्रियामा कडाई गर्न लागेको हो ।

laxmi

सोमबार बोर्डका पदाधिकारी तथा जलविद्युत उत्पादकहरुको प्रतिनिधि संस्था स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) का पदाधिकारीबीच जलविद्युतको प्रारम्भिक निष्काशनलाई थप व्यवस्थित तथा पारदर्शी बनाउने सम्बन्धमा छलफल भएको थियो । उक्त छलफलले धितोपत्र दर्ता तथा निष्काशन नियमावली गर्ने संशोधनका विषयमा सहमति भएको बोर्डका प्रवक्ता मुक्ति श्रेष्ठले बिजखबरलाई जानकारी दिए ।

सर्वसाधारणलाई सेयर जारी गर्दै पैसा उठाएका कम्पनीले परियोजना विकासमा वेवास्ता गरेको गुनासोपछि बोर्डले जलविद्युत कम्पनीका लागि कसिलो प्रावधान राख्दै धितोपत्र दर्ता तथा निष्काशन नियमावली संशोधन गर्न लागेको उनी बताउँछन । सोमबार बोर्डका पदाधिकारी तथा जलविद्युत उत्पादकहरुको प्रतिनिधि संस्था स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) का पदाधिकारीबीच जलविद्युतको प्रारम्भिक निष्काशनलाई थप व्यवस्थित तथा पारदर्शी बनाउने सम्बन्धमा छलफल भएको हो । उक्त छलफलमा धितोपत्र दर्ता तथा निष्काशन नियमावली गर्ने संशोधनका विषयमा सहमति भएो छ ।

जलविद्युत कम्पनीले भौतिक पूर्वाधारको प्रगति कम्तिमा ५० प्रतिशत सम्पन्न भएपछि मात्रै प्राथमिक निष्कासनको प्रक्रिया अगाडी बढाउने गरी बोर्डमा आवेदन दिन सक्ने गरी नियमावली संशोधन हुने बोर्डका एक अधिकारीले बताए । सोमबार बोर्ड र इप्पानबीच जलविद्युत कम्पनीले भौतिक पूर्वाधारको कम्तिमा ६५ प्रतिशत कार्य सम्पन्न भएको प्रमाणित विवरण पेश गरेपछि मात्र बोर्डबाट अन्तिम स्वीकृति प्रदान गर्ने गरी नियमावली संशोधन गर्ने सहमति भएको छ ।

अन्य सहमति यस्ता छन (पूर्णपाठ)

प्रतिक्रिया दिनुहोस्
MBL