Logo

सिवाईसी नेपाल लघुवित्तको आईपीओमा आवेदन दिने आज अन्तिम दिन, बैकिङ समयसम्म आवेदन दिन सकिने

सिवाईसी नेपाल लघुवित्तको आईपीओमा आवेदन दिने आज अन्तिम दिन, बैकिङ समयसम्म आवेदन दिन सकिने



काठमाडौं । वैशाख २ गतेदेखि निष्कासनमा रहेको सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

laxmi

मागभन्दा बढी आवेदन परेकाले आज बैंकिङ समयपश्चात् आईपीओमा आवेदन बन्द गरिने कम्पनीले एक सूचना जारी गर्दै जानकारी दिएको हो ।

कम्पनीले ३ करोड ९५ लाख ३३ हजार ६०० रुपैयाँ बराबरको ३ लाख ९५ हजार ३३६ कित्तामध्ये ३ लाख ६९ हजार ४८८ कित्ता आईपीओ सर्वसाधारणमा निष्कासनमा ल्याएको थियो। कुल कित्तामध्ये कम्पनीले ६ हजार ८२ कित्ता कर्मचारीका लागि सुरक्षित गरेको छ भने १९ हजार ७६६ कित्ता सामूहिक लगानी कोषमा बाँडफाँट गरिसकेको छ ।

आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ । आईपीओ निष्कासन तथा विक्री प्रवन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोशेयर वेबसाइट तथा एपमार्फत समेत आवेदन दिन सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL