Logo

वफेटको कम्पनीको सेयर बन्यो विश्वकै सबैभन्दा महँगो स्टक, मूल्य प्रतिकित्ता ५ लाख डलर

वफेटको कम्पनीको सेयर बन्यो विश्वकै सबैभन्दा महँगो स्टक, मूल्य प्रतिकित्ता ५ लाख डलर



काठमाडौं । रुस र युक्रेनबीच चलिरहेको युद्ध (रसिया–युक्रेन युद्ध) र बढ्दो मुद्रास्फीतिका कारण विश्वभरका बजारमा उथलपुथल मच्चिएको छ तर, अमेरिकाका दिग्गज लगानीकर्ता वारेन बफेटले यस अवधिमा पनि दुवै हातले पैसा सोहोरिरहेका छन् । सोमबार उनको कम्पनी बर्कशायर ह्याथवे इंकको शेयर मूल्य पहिलो पटक ५ लाख डलर पुगेको छ। यो संसारको सबैभन्दा महँगो स्टक हो ।

laxmi

रोयटर्सका अनुसार यस वर्ष कम्पनीको क्लास ए शेयरको मूल्य १० प्रतिशतले बढेको छ भने अमेरिकी शेयर बजारको प्रमुख परिसूचक यस अवधिमा १२ प्रतिशतले घटेको छ । कम्पनीको मुख्यालय ओमाहा, नेब्रास्कामा छ र यसको बजार मूल्य लगभग ७३१ बिलियन डलर छ। यो बजार मूल्यको आधारमा छैटौं ठूलो अमेरिकी कम्पनी हो ।

कसरी भयो ?

बफेटको यसमा १६.२ प्रतिशत हिस्सेदारी छ। बफेट विश्वको पाँचौं धनी व्यक्ति हुन् जसको कुल सम्पत्ति ११९.२ बिलियन डलर छ । कम्पनीको शेयरमा भएको उछालले बफेटको कुल सम्पत्ति यस वर्ष १०.५ बिलियन डलरले बढेको ब्लूमबर्ग बिलियनेर्स इन्डेक्सले जनाएको छ। यस अवधिमा शीर्ष १० मा रहेका सबै धनीको नेटवर्थमा ठूलो गिरावट आएको छ । बर्कशायरले गत वर्ष २७.४६ बिलियन डलरको सञ्चालन नाफा गरेको थियो।

बफेट, अहिले ९१ वर्षका भए । सन १९६५ मा वफेटले यस कपडा कम्पनीको लगाम लिएका थिए । त्यतिखेर यसको शेयर मूल्य २० भन्दा कम थियो। कम्पनी आफ्नो अस्तित्व जोगाउन संघर्ष गरिरहेको थियो। तर, यसले बफेटको सफल नेतृत्वमा नयाँ सफलताको कथा लेख्यो यस अवधिमा कम्पनीको स्टक निरन्तर बढ्दै गयो र आज यो विश्वको सबैभन्दा महँगो स्टक बनेको हो ।

कम्पनीको व्यवसाय

यस कम्पनीसँग क्लेटन होम्स मोबाइल घर इकाई र अमेरिकाको सबैभन्दा ठूलो आवासीय घर जग्गा ब्रोकरेज सहित दर्जनौं अन्य व्यवसायहरू छन् । कम्पनीको अधिकांश व्यवसाय अमेरिकामा छ र यसका ३७२,००० कर्मचारीमध्ये ७७ प्रतिशत अमेरिकामा छन् । २०२१ को अन्त्यमा कम्पनीसँग १४६.७ बिलियन डलर नगद थियो। त्यसयता कम्पनीले अक्सिडेन्टल पेट्रोलियम कर्पोरेशनमा ५ अर्ब डलरभन्दा बढी लगानी गरिसकेको छ । अनुवाद गरिएको

प्रतिक्रिया दिनुहोस्
MBL