Logo

सेटिङमा सेयर कारोबार हुने गरेको अर्थमन्त्रीको खुलासा, ब्रोकर मार्जिन लेण्डिङ र इन्ट्राडे कारोबार शुरु गर्न निर्देशन

सेटिङमा सेयर कारोबार हुने गरेको अर्थमन्त्रीको खुलासा, ब्रोकर मार्जिन लेण्डिङ र इन्ट्राडे कारोबार शुरु गर्न निर्देशन



कामठाडौं । अर्थमन्त्री जनार्दन शर्माले नेपाली सेयर बजारमा सेटिङमा कारोबार हुने गरेको बताएका छन् । यसअघि नेपाली सेयर बजारमा इन्साईडर ट्रेडिङ र पम्प एण्ड डम्पको हाबी भैरहेको बताउँदै आएपनि अर्थमन्त्री शर्माले भने आज पत्रकार सम्मेलन गर्दै सेटिङमै सेयर कारोबार हुने जानकारी दिएका हुन् ।

laxmi

बुधबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा धितोपत्र बोर्डका अध्यक्ष र नेपाल स्टक एक्सचेञ्जका प्रमुख कार्यकारी अधिकृतलाई राखेर नेपालमा अझै पनि सेटिङमा सेयर कारोबार र इन्साईडर ट्रेडिङ हामी भएको भन्दै यसलाई रोक्न निर्देशन दिएका हुन् । ‘विभिन्न अध्ययन तथा रिपोर्टले पनि यस्तो देखाएको छ,’ उनले भने, ‘यस्ता कार्य रोक्दै लगानीकर्ताको हितमा धितोपत्र बोर्ड र नेप्सेका प्रमुखले काम गर्नुपर्ने हुन्छ ।’

‘अहिले सेयर बजारमा भैरहेको इन्साइडर ट्रेडिङलाई रोक्ने विषय सरकारका लागि चुनौती रहेको छ,’ कार्यक्रममा उनले भने, ‘हामीले बजारमा देखिएका समस्या पहिचान गरेका छौं अब छिटै समाधान हुनेछ ।’ साथै लगानीकर्ताको सुरक्षा गर्नु सरकारको दायित्व भएको बताउँदै सो कार्यमा सबै एक भएर लाग्नुपर्ने बताए ।

साथै नेपाली सेयर बजारमा पनि अन्य देशहरूमा आज किनेर आजै बिक्री गर्न सकिने (इन्ट्रा डे) कार्यान्वनयमा ल्याउनुपर्ने बताए । हाल सेयर बजारमा ११ लाख सक्रिय लगानीकर्ता र ५० लाख बढी डिम्याट खाता होल्डर रहेको भन्दै अर्थमन्त्री शर्माले लगानीकर्ताको हितका लागि पुँजी बजार विकास गर्नु आजको आवश्यकता रहेको बताए ।

पुँजी बजारमा आईपीओमा आउन नसकेका कम्पनीहरूलाई कसरी परिचालन गर्ने भन्नेसमेत समस्या रहेको र त्यसको समाधानका लागि काम भइरहेको उनले बताए । साथै साना र स्टार्टअप कम्पनीहरूलाई पनि पुँजी बजारमा भित्र्याउन सरकारले पहल गर्ने उनको भनाई थियो ।

यसैगरी नेप्से र धितोपत्र बोर्डबीच तालमेल नहुने गरेको पाइएको भन्दै अब दिनमा उक्त समस्या समाधान गर्न समेत उनले दुबै संस्थाका नयाँ नेतृत्वलाईे निर्देशन दिएका छन् । साथै बोक्रर कम्पनीबाट मार्जिन ल्याल्डिङको व्यवस्था गर्नुपर्ने भन्दै बुक बिल्डिङलाई पनि व्यवस्थित बनाएर लागू गर्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL