Logo

सेयर बजारमा एमसीसी सम्झौताको झड्का, जलविद्युतमै सबैभन्दा बढी गिरावट

सेयर बजारमा एमसीसी सम्झौताको झड्का, जलविद्युतमै सबैभन्दा बढी गिरावट



काठमाडौं । नेपालले मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता संसदबाट अनुमोदन गरेसँगै सेयर बजार उच्च अंकले बढ्ने आशामा बसेका लगानीकर्ताहरु निरास बन्न पुगेका छन् । सोमबार बेलुका संसदबाट एमसीसी सम्झता अनुमोदन भएर मंगलबार सेयर बजार खुल्दा नेप्से परिसुचक उच्च अंकले घट्न पुगेको छ ।

laxmi

एमसीसीका कारण प्रसारण लाइर्न बन्ने र त्यसले जलविद्युत क्षेत्रमा सकारात्मक प्रभाव पार्ने भनिएपनि मंगलबार सेयर बजारमा जलविद्युत क्षेत्रकै उपसमुहका उच्च गिरावट आएको छ । नेप्सेमा सबै समुहको उपसमुहहरुमा गिरावट आउँदा जलविद्युत उपसमुहमा सबैभन्दा बढी ३.०९ अंकले गिराट आएको छ ।
‘एमसीसी मम्झौता अनुमोनदन भएसँगै बजारमा जलविद्युत समुहका कम्पनीहरुको सेयर मुल्य उच्च अंकले बढ्ने अपेक्षा गरिएको थियो,’ एक लगानीकर्ताले भने, ‘तर अहिलेको बजारमा कुनै सम्झौता वा सकारात्मक समाचारले प्रभाव पार्ने देखिएन ।’ साथै अहिलेको बजारप्रति लगानीकर्ताहरुको मनोविज्ञान नै नकारात्मक भएको समेत ती लगानीकर्ताले जानकारी दिए ।

यसैगरी बजारमा अधिकांश उपसमुहहरुमा २ प्रतिशतभन्दा बढीले गिरावट आएको छ । जसमा व्यापार उपसुमह २.९५ प्रतिशतले घट्दा निर्जीवन बीमा २.२५ प्रतिशत, जीबन बीमा र फाईनान्स २ प्रतिशत, विकाश बैंक १.६३ प्रतिशत र बजारमा सबैभन्दा बढी प्रभुत्व रहेको बैंकिङ उपसमुहमा पनि ०.९१ प्रतिशतले गिरावट आएको छ । घट्दो बजारमा १९८ कम्पनीका लगानीकर्ताले गुमाएका छन् । जसका जलविद्युतका लगानीकर्ताहरुले सबैभन्दा बढी गुमाएका छन् । जसमा तेह्रथुप पावर र समलिङ्ग पावरले नकारात्मक सर्किट हानेका छन् । तर घट्दो बजारमा ७ कम्पनीका लगानीकर्ताले भने सामान्य रुपमा गुमाएका छन् ।

सोमबार उच्च अंकले घटेको बजारमा ३ अर्ब ६६ करोड रुपैयाँको सेयर कारोबार भएको छ । जसमा २२७ कम्पनीको ७८ लाख ३४ हजार कित्ता सेयर खरिदबिक्री भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL