काठमाडौं । नेपाल सरकार र अमेरिकी सहायता संस्था मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)बीच भएको कम्प्याक्ट कार्यान्वयनसम्बन्धी पुनरावलोकन प्रक्रिया अन्त्य भएको छ ।
एमसीसीले मिति २०८१ साल फागुन २२ गते पठाएको पत्रमा उल्लेख भएअनुसार, अमेरिकी राष्ट्रपतिको २० जनवरी २०२५ को कार्यकारी आदेशअनुसार सो सम्झौताको कार्यान्वयन स्थगन गरी पुनरावलोकनका लागि पठाइएको थियो ।
यसैक्रममा, मिति २०२५ जुलाई २४ मा एमसीसीबाट प्राप्त पत्रमा उक्त पुनरावलोकन कार्य समाप्त भई नेपाल कम्प्याक्टको कार्यान्वयन निरन्तरताका लागि सिफारिस गरिएको जानकारी प्राप्त भएको अर्थ मन्त्रालयले जानकारी दिएकाे छ ।