Logo

इमर्जिङ्ग नेपालको आईपीओमा आवेदन दिने समय आजसम्म, यसरी गर्नुस आवेदन

इमर्जिङ्ग नेपालको आईपीओमा आवेदन दिने समय आजसम्म, यसरी गर्नुस आवेदन



काठमाडौं । आज इमर्जिङ्ग नेपालको आईपीओमा आवेदन दिने अन्तिम मौका रहेको छ । कम्पनीले माघ २६ गतेदेखि आईपीओ निष्कासन तथा बिक्री खुला गरेको छ ।

laxmi

कम्पनीले ५ करोड ५५ लाख ६० हजार रुपैयाँ बराबरको ५ लाख ५५ हजार ६०० कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । कम्पनीले निष्कान गर्न लागेको कुल ५ लाख ५५ हजार कित्तामध्ये ११ हजार ११२ कित्ता कर्मचारीहरुलाई र २७ हजार ७८० कित्ता सामूहिक लागनी कोषहरुलाई सुरक्षित गरेको छ भने सर्वसाधारणले बाँकी ५ लाख १६ हजार ७०८ कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

उक्त आईपीओमा न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।आईपीओ निष्कासन तथा बिक्री प्रवन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । आइपीओमा मेरो सेयरको एपबाट सहजै आवेदन दिन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्
MBL