Logo

धौलागिरी लघुवित्तको आइपीओ आउँदै, सनराइज क्यापिटल बिक्री प्रवन्धकमा नियुक्त

धौलागिरी लघुवित्तको आइपीओ आउँदै, सनराइज क्यापिटल बिक्री प्रवन्धकमा नियुक्त



काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले ३,००,००० कित्ता साधारण शेयर निष्काशन गर्ने भएको छ । सोका लागि सनराइज क्यापिटल लिमिटेड, कमलपोखरी, काठमाडौलाई निष्काशन तथा बिक्री प्रवन्धकमा नियुक्त गरिएको छ ।

laxmi

उक्त कार्यको लागि लघुवित्त वित्तीय संस्थाको तर्फवाट प्रमुख कार्यकारी अधिकृत मीन बहादुर बोहरा तथा सन्राइज क्यापिटल लिमिटेडका तर्फवाट प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठका बीच सन्राइज क्यापिटल लिमिटेड, कमलपोखरी, काठमाण्डौमा बुधबार द्धिपक्षीय सम्झौतापत्रमा हस्ताक्षर गरी उक्त साधारण शेयर निष्काशन गरिने सम्झौता गरको छ ।

धौलागिरी लघुवित्त वित्तीय संस्था लिमीटेड राष्ट्रिय स्तरको लघुवित्त वित्तीय संस्थाको ईजाजपत्र प्राप्त गरी मिती २०७५÷११÷०१ देखी वित्तीय कारोबार गर्दै आईरहेको यस वित्तीय संस्थाले बि.स. २०७८ पुष मसान्त सम्ममा नेपालका २० जिल्लामा ४६ वटा शाखा कार्यालयहरु मार्फत कुल १९१ जना कर्मचारी परिचालन गरि ३४,४३८ सदस्यहरुलाई आफ्नो लघुवित्त सेवा प्रदान गर्दै आइरहेको छ । सोही अबधिसम्ममा वित्तीय संस्थाको कुल कर्जा लगानी तर्फ रु. १ अर्ब ४४ करोड, निक्षेप संकलन तर्फ रु. ६२ करोड १४ लाख रहेकोमा अन्तर बैंक सापटी रु.६१ करोड ८० लाख रहेको छ ।

हाल चुक्ता पूँजी ७ करोड रहेकोमा सार्वजनिक शेयर निष्काशन भएपश्चात रु. १० करोड चुक्ता पुँजी कायम हुनेछ । हाल जगेडा तथा कोषहरु तर्फ कुल रु.१० करोड ३८ लाख रहेको छ । आर्थिक बर्ष २०७७।०७८ को आषाढ मसान्त सम्ममा वित्तीय संस्थाको वितरण योग्य मुनाफा रु.२ करोड ६० लाख रहेकोमा पुष मसान्त सम्मा आईपुग्दा उक्त वितरण योग्य मुनाफा रु.४ करोड ९ लाख पुगेको छ ।

आर्थिक बर्ष २०७७।०७८ को मसान्तमा प्रतिशेयर आम्दानी रु.५०।१२ भन्दा बढि कायम गरेकोमा पुष मसान्त सम्ममा आईपुग्दा रु.६१.४५ प्रतिशेयर आम्दानी कमाउन सफल भएको संस्थाका प्रमुख कार्यकारी अधिकृत मिन बहादुर बोहराले जानकारी गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL