Logo

करेक्सनको बाटोमा सेयर बजार, नेप्से परिसुचक ३८ अंकले घट्दा कारोबार रकम पनि खुम्चियो

करेक्सनको बाटोमा सेयर बजार, नेप्से परिसुचक ३८ अंकले घट्दा कारोबार रकम पनि खुम्चियो



काठमाडौं । लामो समयदेखि बढिरहेको नेप्सेले करेक्सनको बाटो समातोको छ । मंगलबार पनि दोहोरो अंकले घटेको नेप्से परिसुचक बुधबार ३८ अंकले बट्न पुगेको छ ।

laxmi

बुधबार बजार खुलेदेखि नै उतारचढाव आएको बजार अन्तिममा ३८.३५ अंकले घट्दै समग्र नेप्से परिसुचक २९ सय अंकबाट ओर्लिएको छ । दोहोरो अंकले घटेको बजारमा सबै उपसमुहहरु घटेका छन् ।

पछिल्लो दुई दिनयता करेक्सन आएको बजारमा कारोबार रकम पनि घट्न पुगेको छ । यसैहप्ता उच्च कारोबार हुँदै दैनिक १० अर्ब रुपैयाँसम्मको सेयर कारोबार भएकोमा आज ६ अर्ब २ करोड रुपैयाँको सेयर खरिदबिक्री भएको छ । जसमा २२८ कम्पनीको १ करोड १८ लाख कित्ता सेयर कारोबार भएको छ ।

दोहोरो अंकले घटेको बजारमा १९० कम्पनीका लगानीकर्ताले गुमाउन पुगेका छन् । तर, घट्दो बजारमा पनि २० कम्पनीका लगानीकर्ताले भने कमाएका छन् । घट्दो बजारमा पनि बुद्धभुमि हाईड्रो र समलिङ्गी पावरले भने मुल्य बढेर सर्किट नजिक पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL