Logo

सेयरमा लगानी गर्नेले किन पढनै पर्छ कम्पनीको वार्षिक प्रतिवेदन ?

सेयरमा लगानी गर्नेले किन पढनै पर्छ कम्पनीको वार्षिक प्रतिवेदन ?



काठमाडौं । नेपालमा पछिल्लो समय सेयर बजारमा सर्वसाधारणको निकै आकर्षण बढेको छ । पछिल्लो दुई वर्षयतामात्र सेयर बजारमा ३० लाख बढी लगानीकर्ता थपिएर अहिले ४५ लाख लगानीकर्ता पुगेका तथ्यांकहरु सार्वजनिक भइरहेका छन् । सेयर बजारमा लगानी गर्ने सबैको उद्देश्य सेयर बजारबाट पैसा कमाउनु हो । तर, सेयर बजारबाट सबैले पैसा कमाउन सक्दैनन् । सेयर बजारमा लगानी गर्नुअघि कहाँ लगानी गर्नु उपयुक्त हुन्छ भन्ने बुझेर मात्र लगानी गर्न सके लाभ हुने विज्ञहरु बताउँछन् ।

laxmi

विज्ञको सुझावअनुसार लगानी गर्ने हो भने कुनै पनि कम्पनीमा लगानी गर्नुअघि, लगानीकर्ताले आफ्नो लगानीको निर्णय लिन सक्ने गरी कम्पनीको विश्लेषण गर्नु धेरै महत्वपूर्ण छ । वार्षिक प्रतिवेदन लगानी विश्लेषणको लागि महत्वपूर्ण दस्तावेज हो, जसमा कम्पनीको वर्षभरको विवरण र विभिन्न प्रकारका तथ्यांक (डाटा) समावेश हुन्छन् । यसले लगानीकर्तालाई विश्लेषण गर्न सजिलो बनाउँछ । वार्षिक प्रतिवेदन भनेको के हो र कम्पनीको वार्षिक प्रतिवेदन कसरी पढ्ने भन्नेबारेको यो सामग्री लगानीकर्ताहरुका लागि उपयुक्त हुनसक्ने भएकाले यहाँ प्रस्तुत गरिएको छ ।

वार्षिक प्रतिवेदन भनेको के हो ?

कम्पनीले आर्थिक वर्षको अन्त्यमा कम्पनीको वार्षिक हिसाब प्रकाशित गर्छ । जसलाई वार्षिक प्रतिवेदन भनिन्छ । यस प्रतिवेदनमा दिइएको तथ्यांक हरेक वर्षको असार ३१ सम्मको हुन्छ । अधिकांश कम्पनीले असार महिनामा आफ्नो वार्षिक प्रतिवेदन प्रकाशित गरी लगानीकर्तासहित अन्य व्यक्तिलाई पठाउँछन् । कुनै पनि कम्पनीको वार्षिक प्रतिवेदनमा दिइएको जानकारीलाई कम्पनीले आधिकारिक सूचना मानिन्छ र कुनै किसिमको जानकारीमा कुनै गल्ती भएमा त्यसको जिम्मेवारी कम्पनीको हुन्छ । यसमा लगानीकर्ताले विरोध गर्न सक्छन् ।

कम्पनीको वार्षिक प्रतिवेदन कहाँ उपलब्ध हुन्छ ?

कुनै पनि कम्पनीको वार्षिक प्रतिवेदन सम्बन्धित कम्पनीको वेबसाइटमा उपलब्ध हुन्छ । जसलाई त्यहाँबाट डाउनलोड पनि गर्न सकिन्छ । यसबाहेक धेरै कम्पनीले प्रकाशन वा समाचार, अपडेटसहितको खण्डमा प्रतिवेदन राखेका हुन्छन । कम्पनीको वार्षिक प्रतिवेदन प्राप्त गर्नका लागि कम्पनीमा पनि सम्पर्क गर्न सकिन्छ र इमेलमार्फत पनि प्राप्त गर्न सकिन्छ । यस्तै कम्पनीहरुले वार्षिक प्रतिवेदन पत्रपत्रिकामा पनि प्रकाशन गर्दछन् ।

वार्षिक प्रतिवेदनमा के–के कुरामा ध्यान दिनुपर्छ ?

वार्षिक प्रतिवेदन धेरै ठुलो किताब हो जसको प्रत्येक पृष्ठमा केहि जानकारी समावेश गरिएको छ, कम्पनीको वार्षिक प्रतिवेदन धेरै ध्यानपूर्वक पढ्नुपर्छ । यदि तपाईं राम्रो लगानीकर्ता हुनुहुन्छ भने तपाईंले कम्पनीको वार्षिक प्रतिवेदन पूर्ण रूपमा पढ्नुपर्छ । यदि तपाईंसँग समय कम छ र तपाईं यो रिपोर्ट राम्रोसँग पढ्न चाहनुहुन्छ भने, तपाईंले केही सामान्य जानकारी पृष्ठ छोड्न सक्नुहुन्छ । र महत्वपूर्ण जानकारी समावेश पृष्ठ ध्यानपूर्वक पढेर तपाईं पूर्ण रिपोर्ट विश्लेषण गर्न सक्नुहुन्छ ।

कम्पनीको वार्षिक प्रतिवेदनमा निम्न कुराहरू हेर्नुपर्छ

वित्तीय डेटाको सारांश
व्यवस्थापनको भनाई
व्यवस्थापन छलफल र समीक्षा
कम्पनी जानकारी
निर्देशकको प्रतिवेदन
कर्पोरेट सुशासन प्रतिवेदन
आर्थिक भाग

वार्षिक प्रतिवेदन कसरी हेर्ने

कम्पनीले आफ्नो वित्तीय तथ्याङ्कहरू आफ्नो हाइलाइटहरूमा देखाउँछ र यी तथ्याङ्कहरू चार्ट, ग्राफ वा साधारण आंकडाहरूमा देखिन्छन् । यसले आर्थिक वर्षको वृद्धि, नाफा आदि देखाउँछ । विगतका वर्षहरूको तुलनात्मक अध्ययन पनि त्यहाँ दिइएको हुन्छ ।

व्यवस्थापन छलफल र विश्लेषण

यस खण्डमा कम्पनी व्यवस्थापनसँग सम्बन्धित व्यक्तिहरूले आफ्नो धारणा राख्छन् । यसमा कम्पनीको अध्यक्ष वा सीईओको सन्देश पनि समावेश छ । यसबाट ब्यवसाय र भावी उद्देश्यप्रति व्यवस्थापनको धारणा कस्तो छ भन्ने अनुमान गर्न सकिन्छ । यहाँका कुराहरू सामान्य भन्दा बढी महत्वपूर्ण हुन्छन् ।

पछिल्ला वर्षको हाइलाइट

यस भागमा विगत वर्षको वित्तीय विवरणहरू देखाइएको हुन्छ । जसले गर्दा लगानीकर्तालाई विगतका वर्षको तुलनात्मक अध्ययन गर्न सजिलो हुन्छ । यस प्रकारको तथ्याङ्कबाट विगत केही वर्षमा कम्पनीको अवस्था कस्तो छ भन्ने थाहा पाउन सकिन्छ । अघिल्लो वर्षको तुलनामा हरेक वर्ष कम्पनीले राम्रो प्रदर्शन गरेको हो भने यो राम्रो कुरा हो ।

कम्पनी सिंहावलोकन

रिपोर्टको यो भागले कम्पनीको बारेमा बताउँछ । कम्पनी भनेको के हो, कम्पनीले कुन क्षेत्रमा काम गर्छ ? कम्पनीको लक्ष्य के हो? यस प्रकारको जानकारी यहाँ दिइएको छ । यसमा, कम्पनीले सम्बन्धित डाटा पनि प्रस्तुत गर्दछ, जुन लगानीकर्ताले धेरै ध्यानपूर्वक पढ्नुपर्छ । यहाँ कम्पनीले आफ्नो सहायक कम्पनीको बारेमा बताउँछ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशकको वक्तव्य

कम्पनीको वार्षिक प्रतिवेदनको यो भागमा कम्पनीका निर्देशकहरूको बयान समावेश हुन्छ । यसमा कम्पनीको वृद्धि योजना, वा आगामी घोषणाहरूको बारेमा जानकारी हुन्छ । यसमा सबैमा धन्यवाद पनि व्यक्त गरिएको हुन्छ ।

कर्पोरेट गभर्नेन्स रिपोर्ट (संस्थागत शुसासन प्रतिवेदन)

रिपोर्टको यस भागमा कम्पनीले आफ्नो संस्थासँग सम्बन्धित जानकारी दिन्छ । यसमा कम्पनीको सबैभन्दा बढी शेयर कसको छ भन्ने पनि उल्लेख हुन्छ, यहाँ कम्पनीले आफ्नो ठूला लगानीकर्ता र कर्पोरेट कम्पनीसँग कसले नजिकबाट काम गरिरहेको छ भन्ने पनि उल्लेख गरेको हुन्छ । यो भाग लगानीकर्ताले राम्ररी पढ्नुपर्छ र बुझ्नुपर्छ । यस खण्डमा निम्न तीन भागहरू आउँछन् ।

लाभ र हानि विवरण
ब्यालेन्स शीट
नगद प्रवाहबारेको विवरण

(अन्तराष्ट्रिय सञ्चारमाध्यमका सामग्रीमा आधारित रहेर अनुवाद गरिएको)

प्रतिक्रिया दिनुहोस्
MBL