Logo

मध्य भोटेकोशीको आइपीओ बाँडफाँट, ८ लाख १९ हजार आवेदकले पाए १० कित्ताका दरले शेयर

मध्य भोटेकोशीको आइपीओ बाँडफाँट, ८ लाख १९ हजार आवेदकले पाए १० कित्ताका दरले शेयर



काठमाडौँ । मध्य भोटेकोशी जलविद्युत कम्पनीको आईपीओ बाँडफाँट भएको छ । कम्पनीको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा सो शेयर बाँडफाँट भएको हो ।

laxmi

कम्पनीले असोज २० गते देखि २५ गतेसम्म सर्वसाधारणका लागि ९० करोड रुपैयाँ बराबरको ९० लाख कित्ता शेयर निष्काशन गरेको थियो । जसमध्ये ४ प्रतिशत अर्थात ३ लाख ६० हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ४ लाख ५० हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको थियो । बाँकी ८१ लाख ९० हजार कित्ता शेयर सर्वसाधारणमा बाँडफाँट गरिएको हो ।

क्यापिटलका अनुसार कम्पनीको आइपीओमा २३ लाख ९० हजार २१८ लगानीकर्ताले ३ अर्ब ४१ करोड ८३ लाख २९ हजार रुपैयाँ बराबरको शेयर खरिदका लागि आवेदन दिएका थिए। जसमध्ये ९५ हजार ७२२ आवेदन रद्द भएका छन् भने बाँकी २२ लाख ९४ हजार ४९६ आवेदन स्वीकृत भएका छन् । स्वीकृत आवेदनमध्ये ८ लाख १९ हजार आवेदकलाई १० कित्ताका दरले शेयर बाँडफाँट गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL