Logo

मध्य भोटेकोशीको आइपीओमा चार गुणा बढी आवेदन, कतिले भरे आईपीओ

मध्य भोटेकोशीको आइपीओमा चार गुणा बढी आवेदन, कतिले भरे आईपीओ



काठमाडौं । मध्य भोटेकोशी जलविद्युत कम्पनीको आइपीओमाका लागि माग गरिएको भन्दा ४।१९ गुणा बढी आवेदन परेको छ ।

आईपीओका लागि आवेदन दिने अन्तिम दिन सोमबार बेलुका पाँच बजेसम्म ३ करोड ४३ लाख ६० हजार १० कित्ताको लागि आवेदन परेको हो ।

आईपीओका लागि २३ लाख ९३ हजार ४२८ जना आवेदकबाट आवेदन परेको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ ।

कम्पनीले असोज २० गतेबाट कुल ९० करोड रुपैयाँ बराबरको ९० लाख कित्ता साधारण सेयर बिक्रीमा ल्याएको थियो । जसमध्ये ५ प्रतिशत अर्थात् ४ लाख ५० हजार कित्ता सामूहिक लगानी कोष र ४५ अथवा ३ लाख ६० हजार कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको थियो । बाँकी ८१ लाख ९० हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्ने ब्यवस्था थियो ।

रेटिङ एजेन्सी केयर रेटिङले मध्य भोटेकोशीलाई ‘केयरएनपी डबल बी’ रेटिङ दिएको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमता औषत जोखिम रहेको जनाउछ । केयरले २०७७ मंसिर १८ गते उक्त रेटिङ दिएको थियो । यो रेटिङको म्याद आगामी मंसिर १७ गते सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL