Logo

मध्य भोटेकोशी जलविद्युतको आइपीओ खुल्यो, यसरी दिन सकिन्छ आवेदन

मध्य भोटेकोशी जलविद्युतको आइपीओ खुल्यो, यसरी दिन सकिन्छ आवेदन



काठमाडौं । मध्य भोटेकोशी जलविद्युत् कम्पनीले आजदेखि साधारण सेयर (आइपीओ) निष्काशन सुरु गरेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले ९० करोड बराबरको ९० लाख कित्ता आइपीओ निष्कासन गरेको हो ।

laxmi

जसमा ३ लाख ६० हजार कित्ता सेयर कर्मचारी र ४ लाख ५० हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । बाँकी रहेको ८१ लाख ९० हजार कित्तामा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । उक्त आइपीओमा छिटोमा असोज २५ गतेसम्म र ढिलोमा कात्तिक ३ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ । आइपीओमा न्यूनतम १० कित्ता र अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सकिने छ ।

यसको धितोपत्र निष्कासन तथा विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल र सह बिक्री प्रबन्धकहरुमा एनआईबिएल एस क्यापिटल, प्रभु क्यापिटल, लक्ष्मी, सिभिल क्यापिटल, सानिमा क्यापिटल र सिबिआइएल क्यापिटल मार्केट रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL