Logo

मैलुङ खोला जलविद्युतले पायो आईपीओ निष्काशनको अनुमति, ७ करोड ३६ लाखको आइपीओ विक्री गर्ने

मैलुङ खोला जलविद्युतले पायो आईपीओ निष्काशनको अनुमति, ७ करोड ३६ लाखको आइपीओ विक्री गर्ने



काठमाडौं । मैलुङ खोला जलविद्युत आयोजनाले आईपीओ निष्काशनको अनुमति पाएको छ । कम्पनीले २०७४ माघ १८ गते आइपिओ निष्काशनको लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको थियो ।

laxmi

आजै मात्र यसमो आइपिओ निष्काशनका लागि अनुमति दिइएको नेपाल धितोपत्र बोर्डका सहप्रवक्ता रुपेश केसीले बताए ।

मैलुङले ७ लाख ३६ हजार २ सय ८६ कित्ता निष्काशनको लागि अनुमति मागेको थियो । सय रुपैयाँ अंकित दरमा यसले ७ करोड ३६ लाख २८ हजार ६ सय रुपैयाँ बराबरको आइपिओ निष्काशन गर्नेछ । यसको बिक्रि प्रबन्धकको काम सिद्धार्थ क्यापिटलले गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL