काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको अध्यक्षमा देवकुमार ढकाल नियुक्त भएका छन् । बिहीबारदेखि लागू हुनेगरि ढकाल अध्यक्षमा नियुक्त भएका हुन् । उनी नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक हुन् ।
ढकालसँग बैंक तथा वित्तीय संस्था नियमन विभाग, बैंक सुपरिवेक्षण विभाग र प्रवक्तालगायतको जिम्मेवार पदमा बसेर काम गरेको अनुभव छ । उनीसँग ३० वर्ष राष्ट्र बैंकमा काम गरेको अनुभव छ । अध्यक्षमा ढकालको कार्यकाल ४ वर्षको हुनेछ ।