Logo

धागो तथा कपडा मेलामा जाडोको लुगा देखि मेसिनसम्म, हेर्नुहोस तस्विरमा

धागो तथा कपडा मेलामा जाडोको लुगा देखि मेसिनसम्म, हेर्नुहोस तस्विरमा


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । काठमाडौंमा जारी धागो तथा कपडा मेलामा उपभोक्ताको आकर्षण बढेको छ । मेलामा विशेषगरी उनीका कपडा तथा कपडा उत्पादन गर्ने मेसिनको स्टलमा बढी भीड लागेको छ ।

शुक्रबारदेखि शुरु भएको मेलामा नेपालमा उत्पादित लुगा, धागो, तन्नालगायत प्रदर्शनमा राखिएको छ । नेपालमा उत्पादित धागोबाट तयार गरिएको पडा,होजियरी,निटिङलगायतलाई एउटै छानामुनी समेटेर प्रचार प्रसार तथा विक्री गर्नै उद्देश्यसहित एक्स्पो आयोेजना गर्न लागिएको संघका अध्यक्ष पवन गोल्यानले जानकारी दिए ।

काठमाडौंको भृकुटीमण्डपमा जारी एक्स्पो असोज ३ गतेसम्म चल्ने छ । एक्स्पो नेपाल धागो उत्पादक संघले आयोजना गरेको हो ।

मेलामा स्वदेशी कपडा, होजियारी र निटिङ उद्योगहरुका लागि आवशयक पर्ने सम्पूर्ण ग्रे तथा रगिन धागोहरुको बारेमा जानकारी समेत दिइएको छ ।

मेलाको ५० हजार जनाले अवलोकन गर्ने अनुमान आयोजकको छ । ४० ओटा स्टल रहने छ । मेलामा अवलोकनकताले निशुल्क प्रवेश को व्यवस्था गरिएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL