Logo

जावलाखेल जुत्ता चप्पल दशैं महोत्सव सुरु, स्वदेशी उत्पादनलाई प्रर्वद्धन गर्ने उद्देश्य

जावलाखेल जुत्ता चप्पल दशैं महोत्सव सुरु, स्वदेशी उत्पादनलाई प्रर्वद्धन गर्ने उद्देश्य



काठमाडौं । जावलाखेल जुत्ता चप्पल दशैं महोत्सव २०८० सुरु भएको छ । नेपाली जुत्ता चप्पल उत्पादक समुहद्धारा ‘नेपाली उत्पादनको प्रर्वद्धन हाम्रो अभियान’ भन्ने मुख्य नारा सहित जावलाखेल जुत्ता चप्पल दशैं महोत्सव २०८० जावलाखेल फुटबल मैदानमा उद्घाटन गरिएको छ ।

laxmi

स्वदेशी उत्पादनलाई प्रवर्द्धन गर्ने उदेश्यले आयोजना गरिएको महोत्सवको बुधबार ललितपुर महानगरपालिकाको उपप्रमुख मन्दिरा शाक्यले उद्घाटन गरे ।

नेपाललाई आत्मनिर्भर बनाउनका लागि तथा स्वदेशी उद्योगको प्रवर्दन गर्नका लागि महानगरको साथ र सहयोग सदैव रहने बताए । साथै नेपाली उत्पादनहरु प्रयोग गर्नका लागि पनि सबैलाई आग्रह गरे । जावलाखेल जुत्ता चप्पल दशैं महोत्सव आश्विन १० गतेदेखि कार्तिक ३ गतेसम्म सञ्चालन हुदैछ ।

विहान ९ बजे देखि वेलुकी ७ बजे सम्म खुल्ला रहने महोत्सवमा न्युनतम २० प्रतिशत देखि ५० प्रतिशत सम्म छुटको व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।

महोत्सवमा नेपालका चर्चित जुत्ता चप्पल उत्पादक कम्पनी र व्राण्डहरु रोयल शु इण्डष्ट्रिजको उत्पादन–रोयल शुज, वेश फुटवेयरको उत्पादन–वि.एफ डियर हिल र वि.एफ स्पोर्ट, लालिगुरास फुटवेयरको–क्रस रोड शुज, शुभकामना फुटवेयरको–फस्टवाक शुज, नमस्ते फुटवेयरको–सिल्स, आर.डि.कलेक्सनको–हाई लाईफ, केटिएम शुजको–केटिएम, डि.जे. शुज कम्पनीको–डि.जे. शुज, फुड फेशनको–वेली शुज, सर अनिल लिंक्सको–उत्सव र कोसेली छाला जुत्ता उद्योगको–कोसेली सुज गरि ११ वटा कम्पनी र ब्रान्डहरुको सहभागिता रहेको छ ।

यस महोत्सवमा ग्राहकले नयाँ ब्रान्ड तथा डिजाइनका ३ हजार बढी मोडलका जुत्ता चप्पलहरु आकर्षक छुटका साथ शुपथ मुल्यमा खरिद गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL