Logo

टाटा मोटर्सको ‘टाटा एचफाइभ वन डे वन्डर’ मा अफर, ग्राहकलाई आकर्षक उपहार बोनस

टाटा मोटर्सको ‘टाटा एचफाइभ वन डे वन्डर’ मा अफर, ग्राहकलाई आकर्षक उपहार बोनस



काठमाडौं(जस)–टाटा मोटर्स नेपालको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङले टाटा एचफाइभ गाडीमा विभिन्न अफर सहितको ‘एचफाइभ वन डे वन्डर, इट्स नाउ ओर नेभर’ नामक एकदिने बृहत कार्यक्रमको आयोजना गर्ने भएको छ ।

laxmi

कार्यक्रम मंसिर २१ गते टाटा मोटर्स थापाथली शोरुममा हुँदैछ । टाटाको एचफाइभ गाडी बुकिङ तथा प्रि–बुकिङ गर्ने ग्राहकहरुलाई टाटाको तर्फबाट भारी छुट सहित आकर्षक बोनस तथा आकर्षक उपहारहरु प्रदान गरिने कम्पनीले जनाएको छ ।

त्यस दिन एचफाइभ बुकिङ गर्ने ग्राहकहरुले तीन लाख ५० हजारसम्मको नगद छुट, प्रत्येक बुकिङमा आइफोन ११ र एक लाख ५० हजारसम्मको एक्सचेञ्ज लोयल्टी बोनस, एक लाखसम्मको एक्सचेञ्ज बोनस प्राप्त गर्न सक्नेछन् ।

साथै कम्पनीले जनाएअनुसार अर्लि बर्ड्स रेजिष्ट्रेसनअन्तर्गत मंसिर १९ सम्म कम्पनीद्वारा httpsM//bit.ly/H5Offer लिंकमा गएर अनलाइनमार्फत प्रि–बुकिङ गर्ने ग्राहकहरुले अझै २५ हजार थप नगद छुट र २५ हजारसम्मको थप एक्सचेञ्ज लोयल्टी प्राप्त गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL