Logo

एससीटी युनियन पे कार्डबाहकलाई लबिम मलमा १ रुपैयाँमा पार्किङ सुविधा

एससीटी युनियन पे कार्डबाहकलाई लबिम मलमा १ रुपैयाँमा पार्किङ सुविधा



काठमाडौं । स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) ले ललितपुरको पुल्चोकस्थित लबिम मलसँग सहकार्य गरी SCT–UnionPay कार्डबाहकका लागि विशेष पार्किङ सुविधा सुरु गरेको छ। यस अन्तर्गत कार्ड प्रयोगकर्ताले लबिम मलको अन्डरग्राउन्ड पार्किङमा प्रति घण्टा मात्र रु १ मा पार्किङ गर्न सक्नेछन्।

कम्पनीका अनुसार यो सुविधा अधिकतम ५ घण्टासम्म उपलब्ध हुनेछ। ग्राहकले आफ्नो SCT–UnionPay कार्ड प्रयोग गरी पार्किङमा राखिएको पीओएस मेसिनमार्फत पार्किङ शुल्क भुक्तानी गर्नुपर्नेछ। सेवा सेप्टेम्बर १ (भदौ १६) देखि सुरु भइसकेको छ र सेप्टेम्बर महिना भर लागु रहनेछ।

नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमतिपत्र प्राप्त SCT का अनुसार इच्छुक ग्राहकहरूले SCT–UnionPay डेबिट कार्डका लागि कुनै पनि सदस्य बैंक तथा वित्तीय संस्थामा सम्पर्क गर्न सक्नेछन्। कम्पनीले निकट भविष्यमा पनि आफ्ना कार्डबाहकका लागि थप आकर्षक सुविधा र लाभ उपलब्ध गराइने जनाएको छ।

प्रतिक्रिया दिनुहोस्