Logo

म्याक्ससको मिफा७ मा विशेष अफर, मूल्य १ करोड २५ लाख रुपैयाँ

म्याक्ससको मिफा७ मा विशेष अफर, मूल्य १ करोड २५ लाख रुपैयाँ



काठमाडौं। भृकुटीमण्डपमा सुरु भएको नाइमा मोबिलिटी शोमा म्याक्ससको मिफा७ एमपीभी विद्युतीय कार सार्वजनिक भएको छ।

नेपालका लागि आधिकारिक वितरक हिमालय मोट्रक्सले भित्र्यायको हो। हिमालयन मोट्रक्स हिमालय अर्गनाइजेसन अन्तर्गतको कम्पनी हो जुन अर्गनाइजेसन विगत ३० वर्षदेखि नै नेपालमा विभिन्न ब्राण्डका सवारी साधनहरू आयात तथा बिक्री वितरण गर्दै आइरहेको छ।

यो मिफा७ नेपालमा प्रिमियम कार चढ्‌नेहरूको लागि अत्यन्त उपयुक्त हुने कम्पनीको दाबी छ । साथै यो अटो एक्सपो भरि मिफा७ बुक गर्ने ग्राहकहरुलाई १० लाख रुपैयाँ र ई तेरण९ पिकअप बुक गर्नेलाई ५ लाख नगद छुट लगायत अन्य विशेष अफरहरू रहेको कुरा यस अर्गनाइजेसनका प्रबन्ध निर्देशक सौरव थापाले बताए । ७सिटर मिफा७ को मूल्य १ करोड २५ लाख रुपैयाँ र ई तेरन९ डबल क्याब इलेक्ट्रिक पिकअपको मूल्य १ करोड ९ लाख ९९ हजार रहेको कम्पनीले जनाएको छ।

९० किलोवाट आवर ब्याट्री क्षमता रहेको म्याक्ससको मिफा७ ले डीसी फास्ट चार्जर सर्पोट गर्नेछ। ३० मिनेटमा नै ३० देखि ८० प्रतिशतसम्म चार्ज हुने भनिएको यस मल्टी-प्रपोज भेहिकलमा इलेक्ट्रिक स्लाइडिङ ढोका, एइबि, ब्लाइन्ड स्पट मोनिटरिङ, ३६० डिग्री क्यामेरा, लेन-कीप असिस्ट, स्वचालित इमर्जेन्सी ब्रेकिङ, अडष्टिभ कुज कन्ट्रोल जस्ता सुरक्षा फिचर्सका साथै यो गाडीले यूरो एनएपी, सी- एनसीएपी, ए- एनसीएपी मा ५ स्टार रेटिङ पाएको छ।

यस गाडीको ९० केडब्लुएच को उच्च क्षमताको ब्याट्रीले ६३५ किमी सम्मको उच्चतम दूरी तय गर्ने क्षमता राख्दछ । प्रिमियम डुयल १२.३ इन्च डिजिटल डिस्प्लेका साथै अड्वान्स्ड मल्टिमिडिया सिस्टम, ठूलो साइजको प्यानोरामिक सनरूफ, हाई परफर्मेन्स १८० केडब्लु इलेक्ट्रिक मोटर ( ३५० एनएम टर्क), मसाज सिट समेत यस गाडीको विशेषता रहेको छ ।

८ वर्ष वा दुई लाख किमी ब्याट्रीमा तथा ५ वर्ष वा १ लाख किमी मोटर वारेन्टी भएको यो म्याक्ससको मिफा७ इलेक्ट्रिक एमपीभीले लक्जरी र आरामको नयाँ मानक स्थापित गर्दै विश्वस्तरीय डिजाइन, हाइ-टेक फिचरहरूका साथ असाधारण सुविधाहरूको संयोजन गरेर परिवार र व्यवसायिक यात्राको लागि अद्वितीय अनुभव प्रदान गर्ने दाबी कम्पनीको रहेको छ । थापाका अनुसार यो एक सवारी साधन मात्र होइन, प्रिमियम लाइफ स्टाइल स्टेटमेन्ट पनि हो ।

प्रतिक्रिया दिनुहोस्