Logo

मिथिला लघुवित्तले ८ करोड नाफा कमायो, प्रतिसेयर आम्दानीमा पनि वृद्धि

मिथिला लघुवित्तले ८ करोड नाफा कमायो, प्रतिसेयर आम्दानीमा पनि वृद्धि



काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा मिथिला लघुवित्तले ८ करोड ४१ लाख ५३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो वर्षको यसैअवधिमा भन्दा ७७ प्रतिशतले बढी हो । अघिल्लो वर्षको यसैअवधिमा यसले ४ करोड ७५ लाख ४५ हजार रुपैयाँ नाफा कमाएको थियो । एक वर्षको अवधिमा खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढेसँगै खुद नाफा पनि बढेको हो ।

खुद ब्याज आम्दानी ४१.८६ प्रतिशतले बढेर २० करोड ९१ लख ४ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले १४ करोड ७४ लाख रुपैयाँ नाफा कमाएको छ । यता, अघिल्लो वर्ष ५ करोड ९३ लाख ७५ हजार रुपैयाँ रहेको संचालन आम्दानी असारसम्म १२ करोड ३३ लाख रुपैयाँ पुगेको छ । खराब कर्जा भने बढेको छ । असारसम्म यसको खारब कर्जा ४.६९ प्रतिशत छ । अघिल्लो वर्षको यसैअवधिमा यसको खराब कर्जा ३.३९ प्रतिशत थियो ।

असार मसान्तसम्म आइपुग्दा यसको चुक्ता पुँजी २२ करोड ३९ लाख ३३ हजार रुपैयाँ पुगेको छ । यता, प्रतिसेयर आम्दानी १३ रुपैयाँ ३२ पैसाले बढेर ३७ रुपैयाँ ५८ पैसा पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्