काठमाडौं । नेपाली बजारमा बिहीबार सुन बुधबारको स्थिर मूल्यमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला १ लाख ९८ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको सुन आज पनि सोही मूल्यमै कारोबार भईरहेको छ ।
यस्तै आज चाँदीको मूल्य भने सामान्य उकालो लागेको महासंघले जानकारी दिएको छ । बुधबार प्रतितोला २३ सय ५ रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढ्दै प्रतितोला २३ सय १५ रुपैयाँ कायम भएको हो ।