काठमाडौं । यामाहा नेपालले काठमाडौंको गोंगबुमा नयाँ थ्रिएस फ्यासिलिटी (सेल्स, सर्भिसरस्पेयर पार्ट्स) भएको शोरुम ‘मोटो क्राफ्ट्स प्रालि’ को उद्घाटन गरेको छ।
प्रमुख अतिथि, टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारी विशेष अतिथिहरू एमएडब्ल्यू ग्रुप अफ कम्पनीजका समूह निर्देशक गोपाल कुमार अग्रवाल र एमएडब्ल्यू राइड्स प्रालिका कार्यकारी निर्देशक तथा सीईओ दीपककुमार अग्रवालको उपस्थितिमा शोरुमको औपचारिक उद्घाटन गरिएको थियो।
कार्यक्रममा टोखा वडा नम्बर ९ का वडा अध्यक्ष रामभक्त घिमिरेलाई अतिथीका रूपमा स्वागत गरिएको थियो । आधुनिक पूर्वाधार र दक्ष टिमसहितको मोटो क्राफ्ट्स प्रा.लि.ले अब यामाहाको विश्वसनीय थ्रिएस अनुभव एकै छानामुनि उपलब्ध गराउने छ, जहाँ ग्राहकहरूले बिस्तृत सेल्स कन्सल्टेसन र भरपर्दो आफ्टर सेल्स सर्भिस लिन र सक्कली स्पेयर पार्ट्सहरू एकै स्थानमा पाउन सक्नेछन्।
कार्यक्रममा बोल्दै गोपाल कुमार अग्रवालले भने ‘यामाहा पर्फर्मेन्स, भरपर्दो प्रविधि र इनोभेसनसँग जोडिएको ब्रान्ड हो। गोंगबुमा मोटो क्राफ्ट्स प्रालि सुरु गरेर हामीले नयाँ शोरुम मात्र खोलेका छैनौं, बरू यामाहाका प्रत्येक ग्राहकसम्म पुग्ने गरी हाम्रो उत्कृष्टताको प्रतिबद्धता फैलाईरहेका छौं। हामी सधैं पार्टनर र समुदायसँगै अगाडि बढ्नमा विश्वास गर्छौंर यो शोरुम त्यसैको प्रतिबिम्ब हो।’
त्यस्तै, कार्यक्रममा आफ्नो धारणा राख्दै एमएडब्लु राइड्सका कार्यकारी निर्देशक तथा सीईओ दीपककुमार अग्रवालले भने ‘गोंगबुमा नयाँ थ्रिएस शोरुम सुरु गर्नु भनेको हामीले यामाहाका उत्कृष्ट उत्पादन र सेवाहरू ग्राहकको नजिक पुर्याउने प्रयासकै अर्को कदम हो। हामी सधैं ग्राहक सेवा, पूर्वाधार र प्राविधिक क्षमतामा उच्च मापदण्ड कायम गर्दै नेटवर्क विस्तारमा अग्रसर रहनेछौं।’