Logo

टाटाका बहुप्रतिक्षित गाडीहरु सार्वजनिक, नाडा अटो सोमार्फत बिक्री वितरण शुरु

टाटाका बहुप्रतिक्षित गाडीहरु सार्वजनिक, नाडा अटो सोमार्फत बिक्री वितरण शुरु



काठमाडौं । टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रालिले टाटाका बहुप्रतिक्षित गाडीहरु टाटा टियागो इभी र टाटा पन्च नेपाली बजारमा सार्वजनिक गरेको छ । भृकुटीमण्डप स्थित प्रदर्शनी हलमा शुरु भएको १५औ संस्करणको अटो सो “टाटा मोटर्स जेन्युइन आयल नाडा अटो सो २०२३” मा यी उत्पादनहरुको बिक्री वितरण शुभारम्भ गरिएको हो ।

laxmi

अत्याधुनिक जिपट्रन प्रविधियुक्त टियागो इभीमा पाँचवटा मुख्य बिशेषताहरु रहेका छन । जसमा कार्य कुशलता, प्रविधि, विश्वास, चार्जिङ्ग र आरामदायीता रहेका छन् । क्रुज कन्ट्रोल सहितको टियागो इभीमा अत्याधुनिक टेलिम्याटिक्स, कन्ट्रयास्ट रुफ, पूर्ण स्वचालित क्लाइमेट कन्ट्रोल, प्रोजेक्टर अटो हेडल्याम्प लगायत बिशेषताहरु रहेका छन् । यो गाडीको इन्टेरिएर आरामदायी तथा एक्स्टेरिएर आकर्षक रहेको छ । यस टियागो इभी सिमित अवधिका लागि सुरुवाती मूल्य रु २१.९९ लाख राखिएको छ भने अन्य भेरिएन्ट हरुको मूल्य २१ लख ९९ हजारदेखि २७ लाख ९९ हजार रुपैयाँसम्म रहेका छन् ।

नेक्सन इभी एक्स जेट प्लस को ब्याट्री क्षमता ४०.५ किलोवाट र रेञ्ज ४५३ किलोमिटर रहेको छ । टियागो इभी जस्त अत्याधुनिक जिपट्रन प्रविधि भएको यस एसयुभीको बनावट आकर्षक रहेको छ । आरामको लागि पावर विन्डो र पूर्ण स्वचालित क्लाइमेट कन्ट्रोल लगायत अन्य विशेषताहरु भएको नेक्सन इभी एक्स जेट प्लसले अन्य भन्दा उत्कृष्ट सुरक्षाको प्रत्याभूति गर्दछ । सुरक्षाको लागि यसमा एन्टी–लक ब्रेकिङ्ग सिस्टम, चाइल्ड सेफ्टी लक, ट्रयाक्सन जस्ता व्यवस्थाहरु छन् । नेक्सन इभी म्याक्स एक्स जेड प्लसको सुरुवाती मूल्य ४५.९९ लाख राखिएको छ ।

त्यसैगरी, टाटाको “न्यु फरेभ” रेञ्ज अन्तर्गतको टाटा पन्चको चार आधारस्तम्भहरु हुन् आकर्षक डिजाइन, विशेष कार्यक्षमता, फराकिलो इन्टेरिएर र पूर्ण सुरक्षा रहेका छन् । नँया युग सुहाँउदो सोच र प्रविधिमा आधारित यो गाडीले ग्राहकहरुको बदलिदो इच्छा एवं आकांक्षाहरुको परिपूर्ति गर्दछ । टाटा पन्च हाल भारतीय बजारमा सबैभन्दा बढी विक्री भइरहेको सब कम्प्याक्ट एसयुभी रुपमा पनि परिचित छ । टियागो इभीको बजार मूल्य ३३ लाख ९९ हजार रुपैयाँदेखि ४३ लाख ४९ हजार रुपैयाँसम्म रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL