Logo

तेञ्जिङ लामा बने यामाहाको ‘२०७९x१००० गुणाले खुसी बढाउनुहोस्’ योजनाका विजेता

तेञ्जिङ लामा बने यामाहाको ‘२०७९x१००० गुणाले खुसी बढाउनुहोस्’ योजनाका विजेता



काठमाडौं । यामाहा मोटरसाइकलका लागि आधिकारिक बिक्रेता एमएडब्लू इन्टरप्राइजेजले नयाँ वर्ष २०७९ लाई लक्षित गरी सुरु गरेको अफर ‘२०७९x१००० गुणाले खुसी बढाउँनुहोस्’ को विजेता घोषाण गरेको छ ।

laxmi

उक्त अफरको विजेता काठमाडौँ निवासी तेञ्जिङ लामा भएका छन् । हिमालयन टिभीमार्फत् प्रत्यक्ष प्रसारण गरिएको बिजेता घोषणामा ‘लक्की ड्र’मार्फत् लामा विजेता भएका हुन् । कम्पनीले विजेता लामालाई २० लाख ७९ हजारको चेक यामाहा शोरुम तिर्पुरेश्वरबाट हस्तान्तरण गरेको छ ।

कम्पनीको अनुसार नेपालमा सार्वजनिक गरिएको अफरहरूमध्ये अहिलेसम्मकै सबैभन्दा भारी नगद राशि भएको उक्त नयाँ वर्ष अफर चैत ०१ गतेबाट जेठको दोस्रो हप्तासम्म चलाइएको थियो । यसका अतिरिक्त, उक्त योजनाअन्तर्गत ग्राहकले यामाहाका कुनैपनि सवारी साधन कम्पनीको अधिकारिक शोरूमबाट खरिदपश्चात स्योरसट २०७९×४. ८ हजार ३१६ देखि २०७९×१००.२ लाख ७ हजार ९०० रुपैयाँसम्म नगद पुरस्कार जित्ने मौका पनि प्रदान गरिएको थियो । कम्पनीका अनुसार ग्राहकहरूले यामाहाको आधिकारिक वेबसाइटमा दैनिक रूपमा खेलाइएको डिजिटल ज्याकपटमा सहभागी भई उल्लेखित नगद उपहार जितेका थिए ।

बम्पर बिजेता लामाले पोखरास्थित भिएडब्लू इण्टरप्राइजेजबाट यामाहा रेजेडआर १२५ सिसिको स्कुटर खरिद गरेका थिए । यामाहा रेजेडआर प्रति लिटर ५८ किलोमिटर(औसतमा) माइलेज प्रदान गर्ने बजारमा एक मात्र स्कुटर रहेको कम्पनीको दाबी छ ।

यसैगरी, ग्राहकहरूको खुसी नै यामाहा नेपालका लागि सबैभन्दा महत्वपूर्ण कुरा रहेको यामाहा नेपालका कार्यकारी निर्देशक राजु क्षेत्रीले व्यक्त गरे र आउँदै गरेको नेपालीहरूको महान चाडपर्व दसैँ-तिहारलाई अझ उत्सवमय एवम् बृहत् बनाउनका निम्ति यस्तै आकर्षक अफरका लागि कम्पनीले तयारी गरिरहेको पनि क्षेत्रीले बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL