Logo

९ महिनापछि खुल्यो लाईसेन्सको अनलाईन आवेदन, यसरी भर्नुहोस फारम

९ महिनापछि खुल्यो लाईसेन्सको अनलाईन आवेदन, यसरी भर्नुहोस फारम



काठमाडौं । ९ महिनापछि सवारी चालक अनुमतिपत्र (लाईसेन्स)को अनलाईन आवेदन खुला भएको छ । यातायात व्यवस्था विभागले मंगलबारदेखि लाईसेन्सको अनलाईन आवेदन खुला गरेको हो । यसअघि गत चैत ११ गतेदेखि सरकारले नेपालमा लकडाउन जारी गरेसँगै यसको अनलाईन आवेदन लिने प्रक्रिया स्थगित गरिएको थियो ।

laxmi

कोरोना भाईरस महामारीको असर कम हुँदापनि अनलाईन आवेदन नखुलाएको भन्दै आलोचना आएको थियो । तर विभागले अनलाईन आवेदन खोल्ने जिम्मा प्रदेशको मन्त्रालयको भन्दै पन्छिएको थियो । तर प्रदेशलाई जिम्मा दिएको केही हप्तापछि मात्रै विभागले यसको अनलाईन आवेदन खुला गरेको हो । हाल लाखौ सेवाग्राही लाईसेन्सको अनलाईन आवेदनको पर्खाईमा छन् ।

कसरी भर्ने अनलाईनमा लाईसेन्सको आवेदन फारम ?

लाईसेन्सको अनलाईन आवेदन फारम भर्नका लागि सेवाग्राहीले सर्वप्रथमतः यातायात व्यवस्था विभागको वेबसाईट www.dotm.gov.np मा गई दायाँतिरको महत्वपुर्ण लिंकहरुको पहिलो पंक्तिमा रहेको अनलाईन सवारीचालक अनुमतिपत्र प्रणालीमा क्लिक गर्नुपर्दछ । त्यसपश्चात खुलेका मेनुहरुमा मागेअनुसार भरी फारम भर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL