Logo

घट्यो ब्रोकर कमिशन, अधिकतम ०.४० प्रतिशतमात्रै लिन पाउने

घट्यो ब्रोकर कमिशन, अधिकतम ०.४० प्रतिशतमात्रै लिन पाउने



काठमाडौं । नेपाल धितोपत्र बोर्डले आइतबारदेखि लागू हुनेगरी ब्रोकर कमिसन घटाएको छ । बोर्डले शुक्रबार अधिकतम ०.४० प्रतिशतसम्म मात्रै धितोपत्र दलाल व्यवसायीले कमिशन लिन पाउनेगरी निर्णय गरेको हो । यसअघि अधिकतम ०.६० प्रतिशतसम्म कमिशन लिन पाउने व्यवस्थालाई संशोधन गर्दै ०.४० प्रतिशत अधिकतम कमिशन लिन पाउनेगरी निर्णय गरेको हो ।
बोर्डका अनुसार यसअघि न्यूनतम २५ रुपैयाँ लिन पाउने व्यवस्थालाई संशोधन गर्दै १० रुपैयाँमा झारेको छ । सानो रकमको कारोवार गर्ने साना लगानीकर्ताहरुलाई कारोवार सेवा वापत लिदै आएको न्यूनतम शुल्कमा ६० प्रतिशत कटौती गरेको हो।

laxmi

बोर्डका अनुसार अबर धितोपत्र दलाल व्यवसायीहरुले ५० हजारसम्मको सेयर कारोबार गरेवापत ०.४० प्रतिशतमात्रै ब्रोकर कमिशन लिन पाउनेछन् । यस्तै ५० हजारदेखि ५ लाखसम्मको सेयर कारोबारमा भने ० दशमलव ३७ प्रतिशत ब्रोकर कमिशन लिन पाउने भएका छन् । साथै बोर्डले ५ लाखदेखि २० लाखसम्मको कारोबारमा भने ०.३४ प्रतिशत ब्रोकर कमिशन लिन पाईने व्यवस्था गरेको हो ।

यस्तै सरकारी तथा संस्थागत ऋणपत्र, सामुहिक लगानी कोषको इकाई तथा अन्य धितोपत्रको खरिद तथा बिक्री कारोवारमा लिदै आएको शुल्क ५० प्रतिशतले घटाएको छ । संगठित संस्थाको सेयरको खरिद तथा बिक्री कारोवारमा लिदै आएको शुल्कमा ३३ प्रतिशतसम्म कटौति भएको छ।

घट्यो ब्रोकर कमिशन, अधिकतम ०.६० प्रतिशतमात्रै लिन पाउने
घट्यो ब्रोकर कमिशन, अधिकतम ०.६० प्रतिशतमात्रै लिन पाउने

प्रतिक्रिया दिनुहोस्
MBL