Logo

नेप्सेको ओरालो यात्रा कायमै, परिसुचक ३ अंकले घट्दा १ अर्ब ९५ करोडको कारोबार

नेप्सेको ओरालो यात्रा कायमै, परिसुचक ३ अंकले घट्दा १ अर्ब ९५ करोडको कारोबार



काठमाडौं । मंगलबार ओरालो लागेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक बुधबार पनि ओरालो लागेको छ । बुधबार बिहानैदेखि घटबढ भईरहेको नेप्से परिसुचक कारोबार समयको अन्तिम समयमा ३ दशमलव १९ अंकले ओरालो लागेको हो ।

बिहानैदेखि घटबढ भईरहेको बजारमा १ सय ९० कम्पनीका ८० लाख १९ हजार ६ सय ६१ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ९५ करोड ३६ लाख ३६ हजार ६ सय ९४ रुपैयाँको कारोबार भएको हो ।
बुधबार बजारमा सबैभन्दा बढी बीमा समुहको परिसुचक ओरालो लागेको छ ।

आज जिवन बीमा समुहको परिसुचक ३५ अंकले घट्दा निर्जिवन बीमा समुहको परिसुचकमा भने ५१ अंकको गिरावट आएको छ । यस्तै व्यापार समुहको परिसुचकमा बुधबार ११ अंकको गिरावट आएको छ । साथै बैंकिङ, उत्पादनमुलक, माईक्रोफाईनान्स र होटल समुहको परिसुचक भने क्रमशः ४, ७, ६ र १५ अंकले ओरालो लागेका छन् ।

आज बजारमा विकास बैंक समुहको परिसुचकमा भने ३४ अंकको उछाल आउँदा जलविद्युत समुहको परिसुचक ८ अंकले बढेको छ । बजारमा आज कामना सेवा विकास बैंक र जोसी हाईड्रोपावरका सेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL