Logo

आईतबार बैंक र होटलले टिकायो नेप्से, सोल्टी होटलले कारोबार बढाउँदा सस्तो सेयरमा झुम्मिए लगानीकर्ता

आईतबार बैंक र होटलले टिकायो नेप्से, सोल्टी होटलले कारोबार बढाउँदा सस्तो सेयरमा झुम्मिए लगानीकर्ता



काठमाडौं । साताको पहिलो दिन नेप्से परिसुचक सामान्य उकालो लागेको छ । नेप्सेका ७ वटा परिसुचकहरु ओरालो लागेपनि बैंक तथा होटल समुहको परिसुचक उकालो लाग्दा समग्र नेप्से परिसुचक ४.२९ अंकले उकालो लागेको हो ।

आईतबार बजारमा सबैभन्दा बढी होटल समुहको परिसुचक उकालो लागेको छ । होटल सोल्टी लगायतको सेयर मूल्य बढेर बढी कारोबार हुँदा होटल समुहको परिसुचक ५० अंकले बढ्न पुगेको छ । आईतबार बजारमा सबैभन्दा बढी सोल्टी होटलको ४८ करोड ५६ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ ।

यसैगरी बजारमा बढी प्रभुत्व रहेको बैंकिङ समुहको परिसुचक पनि दोरोहो अंकले बढेको छ । सो समुहको परिसुचक १३.७४ अंकले बढ्दा विकास बैंक समुहका पनि १३ अंकले उकालो लागेको छ ।

पछिल्लो समय लगानीकर्ताहरु जलविद्युत लगायत सस्तो (कम मुल्य भएको) सेयरमा बढी आकर्षित भएका छन् । सोही अनुरुप आईतबार पनि उच्च मूल्य बढ्न कम्पनीहरुमा प्रतिकित्ता १५० भन्दा कम मूल्य भएका कम्पनीहरु रहेका छन् । यसैगरी लगानीकर्ताहरुले बैंकहरुमा पनि उच्च मूल्य भएका कम्पनीको सेयर बिक्री गर्दै कम मूल्य भएका कम्पनीको सेयर उठाउन थालेको सम्बद्ध लगानीकर्ताहरु बताउँछन् ।

बजारमा कारोबार रकम पनि उकालो लागेको छ । सोल्टी होटल एउटैको करिब आधा अर्बको सेयर कारोबार हुँदा बजारमा ३ अर्ब १३ करोड रुपैयाँको सेयर खरिदबिक्री भएको छ । जसमा १९१ कम्पनीको १ करोड ९९ लाख कित्ता सेयर खरिदबिक्री भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL