Logo

नेप्सेमा झिनो अंकको सुधार, १ अर्ब बढीको कारोबार

नेप्सेमा झिनो अंकको सुधार, १ अर्ब बढीको कारोबार



काठमाडौं । हप्ताको दोस्रो दिन आज नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसुचकमा झिनो अंकको सुधार आएको छ । पछिल्लो समय लगातार बढीरहको सेयर बजारमा सोमबार भने २ दशमलव १२ अंकको सुधार आएको हो ।

बिहानैदेखि घटबढ भईरहको बजारमा ४ समुहका बाहेक सबै समुहका परिसुचकहरु उकालो लागेका छन् । सोमबार बजारमा जिवन बीमा समुहका परिसुचकमा ५४ अंकको गिरावट आउँदा निर्जिबन बीमा समुहको परिसुचक भने ४ अंकले उकालो लागेको छ । यस्तै बजारमा सबैभन्दा बढी प्रभुत्व रहेको बैंकिङ समुह १ अंकले उकालो लाग्दा होटल समुहको परिसुचक भने १६ अंकको गिरावट आएको छ ।

यस्तै बजारमा ट्रेडिङ, हाईड्रोपावर, उत्पादनमुलक विकास बैंक, माईक्रोफाईनान्स, म्युचुअल फण्ड र निर्जीबन बीमा समुहको परिसुचक उकालो लाग्दा होटल फाईनान्स, जीबन बीमा र अन्य समुहको परिसुचकमा भने गिरावट आएको छ ।

बजारमा दिनभर १ सय ८४ कम्पनीका ३७ लाख ३३ हजार ५ सय ५ कित्ता सेयर किनबेच भएका छन् । जसमार्फत दिनभर १ अर्ब ८ करोड ८७ लाख १६ हजार १ सय १८ रुपैयाँको सेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL