Logo

९ अंकले उकालो लाग्यो नेप्से, १ अर्ब ११ करोडको कारोबार

९ अंकले उकालो लाग्यो नेप्से, १ अर्ब ११ करोडको कारोबार



काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसुचक आईतबार ९ अंकले उकालो लागेको छ । बिहानैदेखि घटबढ भईरहेको नेप्से परिसुचक कारोबारको अन्तिम समय ९ दशमलव २ अंकले उकालो लाग्दै १३ सय ४० विन्दुमा पुगेर रोकिएको हो ।

laxmi

पछिल्लो समय लगातार उकालो लागिरहेको सेयर बजारमा आईतबार सबैभन्दा बढी बीमा समुहको परिसुचकमा वृद्धि भएको छ । आईतबार जिवन बीमा समुहको परिसुचक १ सय ९७ अंकले उकालो लाग्दा निर्जिवन बीमा समुहको परिसुचक ८० अंकको उकालो लागेको छ । यस्तै लघुवित्त समुहको परिसुचक भने उत्पादनमुलक समुहको परिसुचक १७ अंकले उकालो लाग्दा फाईनान्स समुहको परिसुचक ७ अंकले उकालो लागेको छ ।

बजारमा ७ समुहको परिसुचक उकालो लाग्दा बैंकिंग, होटल, विकास बैंक, हाईड्रोपावरलगायत ५ समुहको परिसुचक ओरालो लागेका छन् ।

बिहानैदेखि घटबढ भईरहेको बजामा १ सय ७९ कम्पनीका २६ लाख ७८ हजार ५ सय ७ कित्ता सेयर किनवेच भएका छन । यस्तै बजारमा आज १ अर्ब ११ करोड १० लाख ९० हजार २ सय ७२ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL