Logo

दोहोरो अंकले घट्यो नेप्से, १ अर्ब बढीको कारोबार

दोहोरो अंकले घट्यो नेप्से, १ अर्ब बढीको कारोबार



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक बुधबार दोहोरो अंकले ओरालो लागेको छ । यो हप्ता बढीरहेको सेयर बजार बुधबार अर्थात हप्ताको चौथो दिन १० दशमलव १३ अंकले ओराला लागेको हो । १० अंकले ओरालो लाग्दा नेप्से १३ सय २६ विन्दुमा झरेको छ ।

दिनभर घटबढ भईरहेको नेप्से बजारमा ट्रेडिङ र म्युचुअल फण्ड बाहेकका सबै समुहको परिसुचक ओरालो लागेका छन् । बुधबार ट्रेडिङ १५ अंकले ओरालो लाग्दा म्युचुअल फण्ड भने शुन्य दशमलव १ प्रतिशतले बढेको हो । यस्तै बजारमा आज सबैभन्दा बढी बीमा समुहको परिसुचक ओरालो लागेको छ ।

बुधबार जिबन बीमा समुहको परिसुचकमा ६० दशमलव २९ अंकको गिरावट आउँदा निर्जिबन बीमा समुहको परिसुचकमा ३० अंकको गिरावट आएको छ । यस्तै होटल तथा उत्पादनमुलक समुहको परिसुचकमा क्रमशः ४२ र १३ अंकको गिरावट आएको छ ।

दिनभर उत्तारचढाव भईरहेको बजारमा १ सय ७९ कम्पनीका २९ लाख ७७ हजार कित्ता सेयर किनबेच भएका छन् । दिनभर सेयरबजारमा १ अर्ब ७ करोड ८४ लाख ६२ हजार १ सय ४१ रुपैयाँको सेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL