Logo

नेप्से परिसुचक ३७ अंकले उकालो लाग्यो, १ अर्ब २१ करोडको कारोबार

नेप्से परिसुचक ३७ अंकले उकालो लाग्यो, १ अर्ब २१ करोडको कारोबार



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक मंगलबार ३७ अंकले उकालो लागेको छ । पछिल्लो समय लगातार बढीरहेको नेप्से परिसुचक मंगलबार पनि ३७ दशमलव ९३ अंकले बढ्दै १३ सय ३६ अंकमा पुगेको हो ।

laxmi

मंगलबार दिनभरी ४ घण्टा कारोबार हुँदा सबै समुहका परिसुचकहरु उकालो लागेका छन् । जसमध्ये बीमा समुहको परिसुचकमा भने धेरै उछाल आएको छ । मंगलबार जीवन बीमा समुहको परिसुचकमा १ सय ९८ अंकको वृद्धि हुँदा निर्जिवन बीमा समुहको परिसुचक भने ३ सय ६५ अंकले उकालो लागेको छ ।

यस्तै होटल समुहको परिसुचकमा मंगलबार १ सय २७ अंकको उछाल आउँदा माईक्रोफाईनान्सको परिसुचकमा ७६ अंकको वृद्धि भएको छ । यस्तै बजारमा धेरै प्रभुत्व भएको बैंकिङ समुहको परिसुचक भने मंगलबार २५ अंकले उकालो लागेको छ ।

मंगलबार दिनभर १ सय ७८ कम्पनीका २८ लाख ८३ हजार ९ सय ४८ कित्ता सेयर किनबेच भएका छन् । बिहानैदेखि उकालो लागेको बजारमा १ अर्ब २१ करोड २४ लाख २६ हजार २ सय ६७ रुपैयाँको सेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL