Logo

सेयर कारोबार जेठ २० गतेसम्म बन्द गर्ने नेप्सेको निर्णय

सेयर कारोबार जेठ २० गतेसम्म बन्द गर्ने नेप्सेको निर्णय



काठमाडौं । सरकारले लकडाउन (बन्दाबन्दी)को समयावधि बढाएसँगै नेपाल स्टक एक्स्चेन्ज (नेप्से) पनि आगामी २० गतेसम्म स्थगित गरिएको छ ।

नेप्सेले सोमबार एक विज्ञप्ती जारी गर्दै उक्त कु्राको जानकारी दिएको छ । नेप्सेको आज बसेको बैठकमा उक्त निर्णय भएको विज्ञप्तीमा उल्लेख छ ।

नेप्सेले केही दिन अघि अनलाईन कारोबार खुल्ला गरेको थियो । तर उक्त अनलाईन कारोबारको दुबैदिन डबल सर्किट लागेपछि धितोपत्र बोर्डको निर्देशनमा कारोबार रोक्का गरिएको थियो । अब भने नेप्सेले लकडाउन अवधिबर कारोबार खुला नगर्ने निर्णय गरेको हो ।

लकडाउन बढेसँगै नेप्सेको कारोबार २० गतेसम्म स्थगित


प्रतिक्रिया दिनुहोस्
MBL