Logo

सुजुकीको एक्सप्रेस सर्भिस सेवा धोबीघाटबाट सुरु, गाडीमा समस्या गर्नुस फोन

सुजुकीको एक्सप्रेस सर्भिस सेवा धोबीघाटबाट सुरु, गाडीमा समस्या गर्नुस फोन



काठमाडौं । आपतकालीन स्वास्थ्यसेवा, एम्बुलेन्स, खाद्य आपुर्ति र सुरक्षामा प्रयोग हुने सवारीसाधनलाई मध्य नजर गर्दै सुजुकीले एक्सप्रेस सर्भिस सेवा सुरु गरेको छ । सुजुकी ब्रान्डका आधिकारिक विक्रेता तथा सीजी होल्डिंग्स्को अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले आपतकालीन स्वास्थ्यसेवा, एम्बुलेन्स, खाद्य आपुर्ति र सुरक्षामा प्रयोग हुने सवारीसाधनको एक्सप्रेस सर्भिस सुरु गरेको हो ।

laxmi

‘संकटको समयमा आपतकालीन स्वास्थ्य सेवा, एम्बुलेन्स र सुरक्षा संयन्त्रका गाडीहरु विना समस्या चल्न दिनु हाम्रो जिम्मेबारी हो । यसका लागि हाम्रोे प्राविधिक र सर्भिसिङको दक्ष टोली सुरक्षा प्रोटोकलको पालना गरेर तत्पर अवस्थामा छ,’ सीजी मोटोकर्पल भनेको छ ।

धोबीघाटस्थित कम्पनीको सर्भिस सेन्टरबाट लकडाउन अवधिमा एक्सप्रेस सर्भिस सुरु गरेको कम्पनीले जानकारी दिएको छ । साथै कम्पनीको सञ्जालमा रहेका अन्य सर्भिस सेन्टरमा पनि यो सेवा सुरु गर्ने तयारी भईरहेको छ । कम्पनीले सुजुकी गाडीसम्बन्धी कुनैपनि जिज्ञासाको जवाफ दिन कम्पनीले सर्भिस हटलाइन नम्बर ९८०१५७१५७१ समेत संचालनमा ल्याएको छ ।

कम्पनीले देशभर रहेका ३९ वटा सर्भिस सेन्टरमार्फत सुजुकीका ग्राहकलाई निरन्तर सम्पर्क गर्नुका साथै कुनैपनि समयमा उपलब्ध हुने प्रबन्ध मिलाइएको छ । ग्राहकले सुजुकीको आधिकारिक फेसबुक पेजमार्फत समेत सम्पर्क राख्न सक्ने कम्पनीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL