Logo

आज बैंकका यी शाखा खुला रहने, कुन बैंकका शाखा कति बजेसम्म खुल्छन् ?

आज बैंकका यी शाखा खुला रहने, कुन बैंकका शाखा कति बजेसम्म खुल्छन् ?



काठमाडौं । काठमाडौं उपत्यकामा हिजो बिहीबारदेखि वाणिज्य बैंकका आंशिक शाखाहरु खुला भएका छन् । बैंकर्स संघले आंशिक शाखा खुला राख्ने निर्णय गरेसँगै बैंकका केही शाखा खुला भएका छन् । बैंकहरुले सीमित शाखा सीमित अवधिका लागि मात्रै खुला गर्ने निर्णय गरेका छन् । योसँगै बैंकहरुले आफ्नो वेवसाइट तथा समाजिक संजालमार्फ आज शुक्रबार कुन बैंकको कुनकुन शाखा खुला रहनेछ भन्ने जानकारी दिएका छन् ।

बैंकर्स संघले काठमाडौं उपत्यकाभित्र बैंकका मुख्य कार्यालयसहित ३ वटा शाखा खोल्ने निर्णय गरेको जानकारी दिएको छ । त्यस्तै, ललितपुर र भक्तपुरमा पनि २/२ वटा शाखा खोल्ने निर्णय गरेका थिए । सोहीअनुसार बैंकहरुले शाखा खुला राखेका छन् । केही बैंकले भने त्योभन्दा बढी शाखा पनि खुला गरेका छन् ।

काठमाडौं बाहिरका शाखाहरु भने स्थानीय सुरक्षा निकायसँगको नजिकको समन्वयमा संचालन हुने बैंकहरुले जनाएका छन् । मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, क्यूआर भुक्तानी, इसेवा जस्ता डिजिटल प्रणालीलाई अझै मजबुत बनाउन निर्णय भएको छ ।

यी हुन् शुक्रबार सञ्चालनमा आउने बैंकका शाखाहरु

ग्लोबल आइएमई बैंक

शुक्रबार ग्लोबल आइएमई बैंकको कान्तिपथ, चावहिल चोक, ग्वार्को, जावलाखेल, ठिमी, कलंकी, गोंगबु, अनामनगर र बत्तसिपुतली शाखा सञ्चालन रहनेछन् । यी शाखाहरु बिहान १० बजेदेखि १२ः३० बजेसम्म खुला गर्ने बैंकले जनाएको छ ।

नबिल बैंक

यसदिन नबिल बैंकको तीनधारा, भाटभटेनी, हलचोक, कौशलटार, सूर्यविनायक, ललितपुर शाखा खुला रहनेछन् । यी शाखाहरु बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म सञ्चालनमा आउने बैंकले जनाएको छ ।

एनआइसी एसिया बैंक
यस बैंकको कमलादी, सामाखुशी त्रिपुरेश्वर, कौसलटार, भक्तपुर पुलचोक, ग्वार्को शाखा खुला हुनेछन् । यी शाखाहरु बिहान १० बजेदेखि १ बजेसम्म सञ्चालनमा आउने बैंकले जनाएको छ ।

प्रभु बैंक
यस बैंकको केन्द्रीय कार्यालय, कमलादी, कलंकि, ललितपु र भक्तपुर शाखा खुला रहनेछ । यी शाखाहरु बिहान १० बजेदेखि २ बजेसम्म खुला रहने बैंकले जनाएको छ ।

एनएमबि बैंक
शुक्रबार एनएमबि बैंकको काठामडौंमा टेकु, नक्साल, चावहिल शाखा खुला रहनेछन् । त्यस्तै, ललितपुरको कुमारीपाटी, नख्खु र भक्तपुरको गठ्ठाघर, गोल्मढी शाखा खुला रहनेछन् । यी शाखाहरु बिहान १० बजेदेखि दिउँसो १ः३० बजेसम्म खुला रहने बैंकले जनाएको छ ।

नेपाल बैंक
शुक्रबार नेपाल बैंकको केन्द्रीय कार्यालय, पुतलिसडक, चावहिल शाखा खुला रहनेछ । ललितपुर र भक्तपुरको शाखा खुला रहनेछ । ललितपुर शाखाको लागि ०१५४२३४१८ र भक्तपुर शाखाको लागि ०१६६२००९६ नम्बारमा फोन गर्न अनुरोध गरेको छ । यी शाखाहरु बिहान १० बजेदेखि १२ः३० बजेसम्म अत्यावश्यकीय बैंकिङ सेवाको लागि खुला गर्ने बैंकले जनाएको छ ।

राष्ट्रिय वाणिज्य बैंक
शुक्रबार राष्ट्रिय वाणिज्य बैंकको केन्द्रीय कार्यालय रामशाहपथ, कोटेश्वर, महाराजगञ्ज, थापाथली, कलंकी, ललितपुर, गौशाला र सुर्यविनायक शाखा खुला रहनेछन् । यी शाखाहरु बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म खुला रहने बैंकले जनाएको छ ।

एभरेष्ट बैंक
शुक्रबार एभरेष्ट बैंकको नयाँ बानेश्वर, नयाँ सडक, कालिमाटी, बागडोल, लगनखेल र ठिमी शाखाहरु खुला रहनेछन् । यी शाखाहरु बिहान १० बजेदेखि २ बजेसम्म सञ्चालनमा आउने बैंकले जनाएको छ ।

कृषि विकास बैंक
यसदिन कृषि विकास बैंकको रामशाहपथ, रत्नपार्क, कलंकी, कालिमाटी, स्वयम्भु, लगनखेल, मंगलबजार, गठ्ठाघर, सल्लाघारी र बोडे शाखा खुला रहनेछन् । यी शाखा बिहान १० बजेदेखि १ बजेसम्म सञ्चालनमा आउने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्