Logo

अर्घाखाँची सिमेन्टको कोरोना कोषलाई सहयोग, प्रदेश ५ सरकारलाई ५१ लाखको चेक हस्तान्तरण

अर्घाखाँची सिमेन्टको कोरोना कोषलाई सहयोग, प्रदेश ५ सरकारलाई ५१ लाखको चेक हस्तान्तरण



काठमाडौं । अर्घाखाँची सिमेन्ट प्रालिले प्रदेश ५ सरकारलाई ५१ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । कम्पनीले प्रदेश सरकारद्धारा स्थापित कोरोना भाइरस नियन्त्रण तथा उपचार कोषका लागि उक्त रकम सहयोग गरको हो ।

laxmi

कम्पनीका संचालक राजेश अग्रवालले आईतबार प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेललाई उक्त नगद चेक हस्तान्तरण गरेका हुन् । संघिय सरकारसँगै प्रदेश सरकारले कोरोना भाइरसको नियन्त्रण तथा संक्रमित ब्यक्तिहरुको उपचारका लागि कोष खडा गरेको थियो ।

कम्पनीका महाप्रबन्धक उद्धब कार्कीले भने, ‘समुदायको हितप्रति सँधै सचेत यस कम्पनीले कोरोना भाइरसको विश्व महामारीको आजको समयमा नेपाल सरकारद्धारा नागरिकको जिवनरक्षाका लागि थालिएको अभियानमा स्वयंको दायित्वबोध गरी सहयोग प्रदान गरेको हा ।’

कम्पनीको सिमेन्ट कारखना रहेको रुपन्देहीको सियारी गाउँपालीकाद्धारा जनताका लागि राहत ब्यवस्थापन कार्यक्रमा लागिसमेत कम्पनीले २ लाख रुपैयाँ सहयोग गरेको कार्कीले जानकारी दिएका छन । कम्पनीले उपलब्ध गराएको सो रकम गाउँपालीकाद्धारा आर्थिक संकटमा परेका घरपरिवारको खाद्यान्नको लागि खर्च गर्नेछ ।

अर्घाखाँची सिमेन्टको चुनढुंगा खानी रहेको पाल्पास्थित दुई गाउँपालीका – तिनाउँ गाउँपालिका र मचागढी गाउँपालिकाका बिपन्न बर्गका घरपरिवारका लागि कम्पनीले सोमबार र मंगलबार गाउँपालीकाको समन्वयमा करिब २० लाख रुपैँया बराबरको राहत सामाग्री बितरण गर्ने कम्पनीले जानकारी दिएको छ ।

महाप्रबन्धक कार्कीका अनुसार परिवार सदस्य संख्याका आधारमा प्रतिघरपरिवारलाई १० केजी चामल, २ केजी दाल, १ केजी नुन, १ केजी मस्यौरा, आधा लिटर तेल र १ थान हातधुने साबुन प्रदान गरिनेछ । सदस्य संख्या चारभन्दा बढी भएको परिवारमा भने सोभन्दा बढी परिमाणको राहत सामाग्री दिइने काकीले बताए ।

उनले भने, ‘हाल सरकारले तोकेको लकडाउनको पालना गर्ने क्रममा आºनो दैनिक ज्यालादारी काम गर्नबाट बञ्चित रहँदा आर्थिक अभाव तथा खाद्यान्न संकट झेलिरहेका परिवारहरुको पहिचान गरी उनीहरुका लागि कम्तीमा १० दिनका लागि पर्याप्त हुने सामाग्रीको वितरण गरिनेछ ।’

प्रतिक्रिया दिनुहोस्
MBL