Logo

Global_Ime

अर्घाखाँची सिमेन्टद्वारा निर्माण बिज्ञ भेटघाट कार्यक्रम आयोजना, सुरक्षित आवास निर्माण सम्बन्धी जानकारी

अर्घाखाँची सिमेन्टद्वारा निर्माण बिज्ञ भेटघाट कार्यक्रम आयोजना, सुरक्षित आवास निर्माण सम्बन्धी जानकारी



काठमाडौं । अर्घाखाँची सिमेन्ट प्रालिले निर्माण विज्ञ तथा व्यवसायी भेटघाट तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । कम्पनीले शनिबार कपनको फैकामा उक्त कार्यक्रमको आयोजना गरेको हो ।

Laxmi_sunrise
Kumari

कम्पनीले आºना ग्राहक तथा उपभोक्ता, डिलर तथा निर्माण बिज्ञहरुलाई उपल्लो प्राथमिकतामा राखेको बताउँदै स्थानीयस्तरमा घर तथा आवासहरुको निर्माणमा योगदान गरिरहेका निर्माण ब्यवसायीहरुसँगको सम्बन्धलाई थप मजबुत बनाउने उदेश्य राखी उक्त कार्यक्रमको आयोजना गरेको हो ।

जम्मा ८० जना निर्माण बिज्ञ तथा ब्यवसायीहरुको उपस्थीती रहेको उक्त कार्यक्रममा अर्घाखाँची सिमेन्ट र श्री स्टिलसम्बन्धी प्रस्तुतीकरण दिइनुको साथै सुरक्षित आवास निर्माण सम्बन्धमा तालिम तथा अन्तक्र्रियाको संचालन गरिएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै अर्घाखाँची सिमेन्ट तथा श्री स्टिलका प्रमुख कार्यकारी अधिकृत उमेश बरालले कोभिडपछिको अर्थतन्त्रलाई बमजुत बनाउनको लागि निर्माण क्षेत्रको उल्लेखनिय भूमिका हुने बताउँदै निर्माण ब्यवसायीहरुलाई सो अभियानमा सघाउन आग्रह गरे ।

‘मानिसले घर बनाउँदा आफू र आºनो परिवारको सुरक्षालाई केन्द्रमा राख्ने हुनाले उपयुक्त तथा गुणस्तरिय निर्माण सामाग्रीको चयनमा निर्माण ब्यवसायीहरुले ध्यान दिन आवश्यक छ,’ उनले बताए ।

आधिकारीक बिक्रेताहरुको प्रतिनिधित्व गर्दै जय शम्भु निर्माण सेवा (हार्डवेयर)का संचालक रामचन्द्र श्रेष्ठले आफूले वर्षौंदेखि अर्घाखा“ची सिमेन्टको बिक्रीबितरण गर्दै आइरहेको र हालसम्म उपभोक्ताबाट सो उत्पादनबारे कुनै पनि गुनासो नआएको जानकारी दिए ।

‘मैले बिक्री गर्ने सिमेन्टहरुमध्ये अर्घाखा“ची सिमेन्ट नै सबैभन्दा स्तरिय सिमेन्ट हो । त्यसैले तपाई“ निर्माण ब्यवसायीहरुलाई घर बनाउ“दा सोही सिमेन्टको प्रयोग गर्न म अनुरोध गर्दछु,’ उनले बताए ।

कम्पनीले कार्यक्रममा लक्कि ड्रमार्फत तीनजना भाग्यशाली निर्माण ब्यवसायीहरुलाई आकर्षक उपहारहरुको बितरण गरेको थियो ।

यसैगरी गत साता अर्घाखा“ची सिमेन्टले काठमाडांैको पेप्सीकोला र ललितपुरको महालक्ष्मीस्थानमा पनि सोही प्रकारको कार्यक्रमको आयोजना गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
Ghorai
MBL
NTC