Logo

जगदम्बा मोटर्स र इपिएल २०२० बीच सम्झौता, जगदम्बाले इपिएल टाईटल प्रायोजन गर्ने

जगदम्बा मोटर्स र इपिएल २०२० बीच सम्झौता, जगदम्बाले इपिएल टाईटल प्रायोजन गर्ने



काठमाडौं । जगदम्बा मोटर्स र इपिएल २०२० बीच सम्झौता भएको छ । सम्झौता अनुसार जगदम्बाले यस वर्षको इपिएल २०२० को लागि टाइटल प्रायोजन गर्ने छ । जगदम्बा मोटर्सका साहिल अग्रवाल र इपिएलका आमिर अख्तरले सो सम्झौतामा हस्ताक्षर गरेका छन ।

अग्रवालले भने, ‘हामी इपिएलको एक हिस्सा हुन पाएकोमा गर्व गर्दछौं । नेपालको क्रिकेट खेललाई एक उचाई प्रदान गर्न सफल यो प्रतियोगिताले नेपालका क्रिकेट खेलाडीहरुको मनोबल उकास्नमा भरपुर मद्दत पुर्याउँदै आएको छ । हाम्रो टिभिएसलाई इपिएलसँग आबद्ध गर्न सहमती दिएकामा हामी आयोजकहरु प्रति आभार व्यक्त गर्दछौं । साथै टिभिएस इपिएल २०२० को यो संस्करणको भव्य सफलताको कामना पनि गर्दछौं ।’

सोही अवसरमा अख्तरले इपिएलको यो संस्करणलाई साथ दिएकोमा जगदम्बा मोटर्सलाई धन्यवाद दिएका छन । साथै अन्तरराष्ट्रिय स्तरको ब्राण्डसँग इपिएल आबद्ध हुनुले प्रतियोगिताको प्रतिष्ठा अझ वृद्धि भएको बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL