Logo

अन्तरराष्ट्रिय बजारमा टिभिएस एनटर्क १२५ को १ लाख युनिट विक्री, के छन यसका विशेषता ?

अन्तरराष्ट्रिय बजारमा टिभिएस एनटर्क १२५ को १ लाख युनिट विक्री, के छन यसका विशेषता ?



काठमाडौं । टिभिएस एनटर्क १२५ को विक्री अन्तरराष्ट्रिय बजारमा १ लाख युनिट पुगेको छ । टू व्हीलर र थ्री–व्हीलर निर्माता टिभिएस मोटर कम्पनीले बुधबार घोषणा गर्दै टिभिएस एनटर्क १२५ ,जसको स्पोर्टी ब्लुटुथ जडान गरिएको स्कुटरले अन्तर्राष्ट्रिय बजारमा १ लाख युनिटको विक्रीको लक्ष्य पार गरेको हो ।

सन् २०१८ मा टिभिएस एनटर्क १२५ भारतमा पहिलो ब्लुटुथ जडान गरिएको स्कुटरको रुपमा सुरु गरिएको थियो । सोही समयदेखि यसले सँधै आºनो स्थान सुनिश्चित राखेको छ । धेरै वर्षमा ब्रान्ड इन्डस्ट्रि फस्ट टेक्नोलोजी, बेजोड शैली र चयनका साथ अन्तराष्ट्रिय बजारमा यो स्कुटर उत्कृष्ट प्रदर्शनको पर्यायवाची भएको कम्पनीले जानकारी छ । आज टिभियस एनटर्क दक्षिण एसिया, ल्याटिन अमेरिका, मिडल इस्ट र आशियनका १९ देशहरुमा अवस्थित छ ।

कार्यव्रmममा बोल्दै टिभिएस मोटर कम्पनीका निर्देशक एवम् सीईओ के एन राधाकृष्णनले हाम्रो स्मार्ट स्कुटर टिभिएस एनटर्क १२५ ले अन्तर्राष्ट्रिय बजारमा १ लाख विक्रीको लक्ष्य हासिल गरेकोमा अत्यन्तै खुसी बताए । उनले यसको सुरुवात भएदेखि नै स्कुटरले विश्वव्यापी जेन जेड ग्राहकहरु बीच मनपर्दो बनेको उल्लेख गरे ।

टिभिएस एनटर्क १२५ ले रेसिंग पेडिग्री द्वारा समर्थित उत्कृष्ट प्रदर्शनको प्रस्तुत गर्दछ र यो रेस ट्युन्ड ºयुलइन्जेक्शन(आरटी–एफआई) को साथ सुसज्जित पहिलो स्कुटर हो । उक्त स्कुटरले एक्स्क्ल्युसिभ टिभियस कनेक्ट मोबाइल एप्लिकेसनसँग पेयर गरिएको एक इनोभेटिभ ब्लुटुथ–इनेबल्ड टेक्नोलोजी टिभियस स्मार्ट कनेक्टलाई प्रिमियर गर्दछ । टिभिएस स्मार्ट कनेक्टले फुल्ली डिजिटल स्पीडोमिटरमा फस्ट–इन–सेगमेन्ट थपको होस्टलाई इनेबल गर्छ जसले नेभिगेशन एसिस्ट, टप स्पिड रेकर्डर, इन–बिल्ट–ल्याप–टाइमर, फोन–ब्याट्री स्ट्रेन्थ डिस्प्ले, लास्ट पाक्र्ड लोकेशन एसिस्ट, सर्भिस रिमाइन्डर, ट्रिप मिटर र मल्टि राइड स्टाटिस्टिक्स मोडहरु जस्तै स्ट्रिट र स्पोर्ट जस्ता सुविधाहरुलाई समेटेको छ।

नेपालमा टिभिएस एनटर्क १२५ को पहिलो पटक लन्च न्यासनल अटोमोबाइल डिलर एसोसिएशन(नाडा)अटो शोमा गरिएको थियो । त्यसबेला देखि नै यो स्कुटर नेपाली ग्राहकहरु बीच पहिलो रोजाई बन्न सफल भयो किनकि यो स्कुटर विशेष गरि युवाहरुका लागि डिजाइन गरिएको थियो र स्कुटर टिभिएस रेसिंग पेडेग्रीमा आधारित छ र स्टेट–अफ–आर्ट सीभीटीआई–आरईभीभी ३ भल्भइन्जिनका साथ उपलब्ध छ ।

यस स्कुटरले विशेष टेक्नोलोजी प्ल्याटफर्म–टिभियस स्मार्ट कनेक्टको पनि लन्च ग¥यो जसले यो स्कुटरलाई कनेक्टेड स्कुटरको रुपमा प्रतिष्ठित गराएको छ ।

त्यसपछि जगदम्बा मोटर्सले नेपालमा एनटर्क रेस एडिसनको लन्च गर्याे । रेस एडिसनमा एलईडी डीआरएल र अल–एलईडी हेडल्याम्प रहेको छ जसले रेगुलर ह्यालोजेन युनिट भन्दा राम्रो रोशनी प्रदान गर्दछ। यसका अतिरिक्त स्कुटरमा हजार्ड ल्याम्पहरु रहेको छ जसलाई रातो रंगको हजार्ड स्वीचको सहयोगमा स्वीच अन गर्न सकिन्छ। यो स्कुटरको प्रमुख भिजुअल हाइलाइट भनेको यसले “रेस एडिसन”प्रतीकका साथ भाइब्रेन्ट चेकर्ड ºल्याग ग्राफिक्सको प्रस्तुती दिन्छ।

यो रेस एडिसन म्याट ब्ल्याक, मेटालिक ब्ल्याक र मेटालिक रेड रंगको तीन–टोन रंगको संयोजनको साथ उपलब्ध छ। टिभिएस एनटर्क १२५ रेस एडिसनले ब्लुटुथ मार्फत स्मार्टफोन जडानलाई पनि समर्थन गर्दछ । स्कुटरमा टिभियस कनेक्ट नामको मोबाइल एप्लिकेशन पनि इन्सटल्ड छ । स्कुटरमा उर्जा प्रदानगर्न १२४.७९ सीसीको एयर कुल्ड एसओएचसी इन्जिन रहेको छ जसले रेस्पेक्टिभ पावर प्रदान गर्छ र ९.२ एचपी र १०.५ न्युटन मिटरको टर्क आउटपुट प्रस्तुत गर्दछ।

रेगुलर एनटर्क १२५ को मूल्य २ लाख १८ हजार ९ सय रुपैयाँ ०० (ड्रम) र २ लाख ४५ हजार ९ सय रुपैयाँ पर्दछ । यस्तै एनटर्क १२५ रेस एडिसनको मूल्य २ लाख ६१ हजार ९ सय रुपैयाँ र एफआईलाई २ लाख ७७ हजार ९ सय रुपैयाँ अनि एनटर्क सुपर स्क्वाड एडिसनको मूल्य २ लाख ६६ हजार ९ सय रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL