Logo

सुजुकी ‘खुसीको साँचो’ अफर सार्वजनिक, सवा २ लाख सम्म छुट

सुजुकी ‘खुसीको साँचो’ अफर सार्वजनिक, सवा २ लाख सम्म छुट



काठमाडौं । सुजुकी ब्रान्डले ‘खुसीको साँचो’ योजना सार्वजनिक गरेको छ । नेपालका लागि सुजुकी गाडीको आधिकारिक विक्रेता ता सीजी होल्डिङको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले ‘खुसीको साँचो’ नयाँ उपभोक्ता योजना सार्वजनिक गरेको हो ।

योजना अन्तरगत सुजुकीको नयाँ ग्राहकले २ लाख २५ हजार रुपैयाँसम्म नगद छुट, २ लाख रुपैयाँ एक्सचेन्ज बोनस र एक वर्षको निशुल्क बीमाको सुविधा पाउनेछन । मोटोकर्पले ल्याएको उक्त अफर नेपालमा रहेका सुजुकीका ३५ ओटै डिलरहरुमा उपलब्ध हुनेछ ।

सबैभन्दा बढी प्रडक्ट रेन्ज रहेको सुजुकीले हाल नेपालमा अल्टो के १०, एसप्रेसो, सेलेरियो, इग्निस, स्विफ्ट, बलेनो, डिजायर, सियाज, एसक्रस, इर्टिगा, एक्सएल ६, इको भ्यान, इको कार्गो र सुपर क्यारी विक्री गर्दै आईरहेको छ । यो योजना सिमित अवधिको लागि मात्रै लागु गरेको कम्पनीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL