Logo

धितोपत्र बोर्डका अध्यक्षले गरे पदभार ग्रहण, पूँजीबजारलाई प्रविधिमैत्रि बनाउने घोषणा

धितोपत्र बोर्डका अध्यक्षले गरे पदभार ग्रहण, पूँजीबजारलाई प्रविधिमैत्रि बनाउने घोषणा



काठमाडौं । नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष भिष्मराज ढुंगानाले पदभार ग्रहण गरेका छन् । गत सोमबारको मन्त्रिपरिषद बैठकले उनलाई आगामी चार वर्षका लागि अध्यक्षमा नियुक्त गरेको थियो ।

laxmi

शुक्रबार भट्टराईले जावलाखेलस्थित बोर्डको कार्यालयमा पदभार ग्रहण गरेका हुन् । उनले अर्थमन्त्रालयमा पद तथा गोपनियताको शपथ खाएपछि पद्भार ग्रहण गरेका हुन ।

पदभार ग्रहण गर्दै उनले पूँजीबजारको कारोबारलाई प्रविधिमैत्री बनाउने जानकारी दिएका छन । यस्तै उनले पूँजीबजारको पुनर्संरचना गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनलाई बोर्डका पदाधिकारीहरुले स्वागत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL