Logo

कियाको मिड–एसयुभी सेल्टोस नेपाली बजारमा, मूल्य ५० लाख देखि ८० लाखसम्म

कियाको मिड–एसयुभी सेल्टोस नेपाली बजारमा, मूल्य ५० लाख देखि ८० लाखसम्म



काठमाडौं । कोरियाली गाडि निर्माता कम्पनी कियाले मिड–एसयुभी सेल्टोस गाडी नेपाली बजारमा ल्याएको छ । नेपालका लागि कियाको अधिकृत बितरक कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राईजेजले सेल्टोज गाडीलाई नेपाली बजारमा भित्र्याएको हो

laxmi

सन् २०१९ बाट भारतमा आफ्नो प्लान्ट राखेर सेल्टोस गाडी उत्पादन थालेको उक्त गाडीमा भारत स्टेज–६ इन्जिन जडित रहेको कम्पनीले जानकारी दिएको छ । कन्टिनेन्टलका प्रमुख सुहृदघिमिरेका अनुसार उक्त गाडीमा १० इन्च स्क्रिन, बिओएसई, म्युजिक सिस्टम, एयर प्युरिफायर, डी कट स्टेरिङ, युभी ग्लासलगायका बिशेषता रहेका छन ।

कम्पनीले गत भदौमा सम्पन्न नाडा अटो सोमा बुकिङ गर्ने ग्राहकलाई प्राथमिकता दिएर उक्त गाडी उपलब्ध गराउने कम्पनीको योजना रहेको छ । कम्पनीले नेपाल बजारमा ल्याएको उक्त गाडीको मूल्य भने ४९ लाख ९० हजार रुपैयाँदेखि ८० लाख रुपैयाँ सम्म रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL